2022-07-17 13:36:49
भक्तपुरको राजश्री गुरुकुल स्कुलमा शनिवार आरजी मार्केट सञ्चालन गरेको छ ।
ख्वप श्रावण् १ गते २०७९
भक्तपुरको सल्लाघारी स्थित राजश्री गुरुकुल स्कुलमा आरजी मार्केट सञ्चालन गरेको छ । असार ३२ गते शनिवार स्कुलमा अध्ययनरत बिद्यार्थीहरुलाई ब्यवहारिक ज्ञान दिनको लागि यस्तो कार्यक्रम गरेको हो । धेरै बिद्यार्थीहरु धेरै टेवलहरु राखेर ब्यापार मेला जस्तै स्टलहरु राखेर सामानहरु बेच्दै बसेका थिए । स्कुलमा अध्ययनरत बिद्यार्थीहरुका आफ्ना अभिभावकहरु सामान किनका लागि स्टलमा गएर मोलतोल गर्दै थियो । यस्तो कार्यक्रमले बिद्यार्थीहरुमा भोली गएर ब्यापार व्यवसाय कसरी गर्ने भने बारेमा राम्रो ज्ञान हासिल गरोस् भने हेतु यस्तो कार्यक्रम गरेको स्कूलका नेपाली बिषयका गुरु कमल आचार्यले बताउँनुभयो ।
स्टलहरुमा बिद्यार्थीहरु ग्रहाकलाई सामान बिषयमा समझाई बुझाई गरिरहेका थिए । स्टलमा मोलमोलाई गरिरहेको अभिभावक प्रबिन गुरागाई यस्ता कार्यक्रमले बच्चाहरुले धेरै ब्यवहारिक ज्ञान हासिल गर्ने बताउँनुभयो । स्कुलको बारे चर्चा गर्दै उहाँले स्कुलमा राम्रो पढाईको लागि बच्चाको भविष्य राम्रो बनाउनको लागि नै यहाँ पढाउन ल्याएको बताउनुभयो ।
त्यस्तै यस्तो कार्यक्रमले बिद्यार्थीमा धेरै हौसला बदेको बिद्यार्थीहरुले बताए । यो आर जी मार्केटले बिद्यार्थीमा ब्यापारि बन्नको लागि कति गार्हो छ । आफ्ना समान कसरी बिक्री गर्ने, ग्रहाकलाई कसरी चित्तबुझ्ने गरि कुरा गर्ने भने बिषयमा धेरै कुरा सिक्न पाएको बताए । सोही स्कुलको कक्षा कक्षा ९ पढिरहेका अग्रज भट्टराईले विद्यालययको सो कार्यक्रमले अवसर प्रदान गरेको सुनाए । भने कक्षा ९ मै पढिरहेकी रिभा कायस्थले व्यापार, व्यवसायलाई नजिकैबाट बुझ्ने र व्यापारका हिसाब किताब दुरुस्त राख्ने तरिका समेत जानेको अनुवभका साथै व्यवसायमा कसरी सफल हुने र नाफा कमाउनेबारे ज्ञान पनि पाएको बताइन् । विद्यालयले आयोजना गरेको सो बजारमा विद्यार्थीहरुले विभिन्न सामानहरुको प्रदर्शनी गरेका थिए । कोही विद्यार्थीले विभिन्न खाले कलाहरुको प्रदर्शनी, ससाना ढुंगाहरुलाई पनि आर्कषक बनाउने, कोहीले भक्तपुर नगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रमसँग सम्बन्धित विषयसँग सम्बन्धित वस्तुहरुदेखि विभिन्न खाले खाना तथा खाजाको समेत स्टल राखेका थिए ।










0 Comments