2022-07-15 08:05:14
भोली भक्तपुरको दरवार क्षेत्रबाट १०० किमीको साइकलिङ प्रतियोगिता हुने भएको छ ।
ख्वप असार ३१ गते २०७९ ।
भोली असार ३२ गते शनिवार भक्तपुरमा १०० किलो मिटरका साइकलिङ प्रतियोगिता हुने भएको छ । भक्तपुरका साइकलप्रेमीहरूको टीम साइकल कनेक्ट भक्तपुरले आयोजना गरेको साइकलिङ प्रतियोगिता गर्न लागेको हो ।
भक्तपुर जिल्लालाई साइकलिङ गन्तव्य बनाउन र कोभिडको कारण ज्यान गुमाएका साइकलिष्ट (एउटा मात्र खुट्टा भएका) यमलाल रसाइलीको परिवारलाई सहयोग रकम संकलन गरि कोष स्थापना गर्नका लागि सो कार्यक्रम गरिन लागेको आज भक्तपुरको सुर्यविनायक भुलाँचा चोक स्थित सफत सञ्चार क्लवमा पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको हो । प्रतियोगितामा ५०, ७५ र १०० किलोमिटरका तीनवटा रूट तयार गरेको छ । उक्त प्रतियोगिताको नाम भक्तपुर कोरा २०२२ दिइएको छ ।
उक्त प्रतियोगिता अन्तरगत आज शुक्रवार बिहान सम्म ५० किलोमिटरमा पुरूष १ सय २०, महिला ८ गरी १ सय ३८,ले भागलिनको लागि नाम लेखाईसकेका छन् भने ७५ किलोमिटरमा ४५ पुरूष र २ महिला गरि ४७ ले नाम लेखाई सकेको आयोजकले बताएको छ । त्यस्तै १ सय किलोमिटरको प्रतियोगितामा पुरूषतर्फ १ सय ४ र ३ महिला गरि १ सय ७ जनाको सहभागिता रहेने आयोजकले जनाएको छ । कूल २ सय८२ जना भन्दा बढी साइकलयात्रीको सहभागिता रहने भक्तपुर कोरा २०२२ कार्यक्रमका संयोजक सुनिल ख्याजूले बताउँनुभयो ।
भक्तपुरको दरबार क्षेत्रबाट सुरू हुने साईकल यात्रा अन्तरगत दरबार क्षेत्रबाट सिद्धपोखरी मध्यपुर नपाको निकोशेरा, बहाखा बजार, बोडे, निलबाराही, वेशीगाउँ हदै चाँगुनारायण नगरपालिको दुवाकोट, चाँगुनारायण, त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, हदै सुर्यविनायक नगरपालिकाको लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि हुँदै पुनह भक्तपुर दरबार क्षेत्रमा पुगी समापन हुनेछ ।
प्रतियोगितामा भक्तपुर, काठमाडौं, ललितपुर, बनेपा, पनौति, पोखरा, तनहुँ, धरानलगायतका शहरहरूबाट साइकलयात्री सहभागी रहेको छ भने भक्तपुरको भिलेज हाईल्यान्ड रिसोर्ट, नेपाल इको प्यानललगायतले आर्थिक सहयोग गरेका छन् ।










0 Comments