हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर,असार ३० गते
भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नंं. ७ चोखाते (कमलविनायक प्लाटिङ)मा नयाँ प्लस टु कलेज सञ्चालनमा आउने भएको छ । शैक्षिक गन्तव्यको रूपमा स्थापित भएको भक्तपुर जिल्लामा यही शैक्षिक सत्रबाट काठमाण्डुबाट स्थानतरण गरि करिव ३ करोडको लागतमा दुईटा भवनमा राजधानी कलेज सञ्चालनमा ल्याउन लागेको रोम्वस स्कुलका प्राचार्य तथा कलेज सञ्चालक डा. राजेन्द्र कोजुलेले बताउँनु भयो । उहाँले कलेज भक्तपुरको रोम्बस सेकेन्डरी स्कूलको व्यवस्थापनमा कमलविनायक प्लनिङको पूर्व पट्टि चाँगुनारायण नगरपालिका वडा नम्बर ७ र भनपा वडा नं. १० को सिमानामा रहेको हाल रोम्वस स्कूलको भवनसँगै नयाँ भवनमा सञ्चालन हुने कलेजका सञ्चालक डा. कोजूले जानकारी दिनुभयो। यस कलेजमा व्यवस्थापन, मानविकी, शिक्षा र कानून समूहका विभिन्न विषयहरु सञ्चालनमा आउने छ । राजधानी कलेजलाई विद्यार्थीको पहिलो रोजाइको कलेज बनाउने बताउनुहुँदै त्यसका लागि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, सरल र सहज शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने रणनीति तयार गरिएको पनि बताउँनु भयो। यस कलेजमा अध्ययनरत बिद्यार्थीहरुलाई बिभिन्न नगरपालिकाहरूसँग समन्वय गरि पढ्दै कमाउँदै भने अवधारणा ल्याएको बताउँनुभयो । जस अनुसार पढदै काम गर्ने तथा कक्षा १२ उत्तीर्ण गर्ने बेलासम्म सीप र शिक्षा दुबैमा सक्षम रहेका विद्यार्थी निर्माण गर्ने उद्धेश्य रहेको सञ्चालक डा.कोजूले बताउँनुभयो । हाल रोम्वस स्कूलको शैक्षिक नेटवर्क अन्तर्गत ४ वटा संस्था रहेका छन् । जसमा रोम्वस नेशनर स्कूल (पूर्व प्रा.वि. तह), भक्तपुर रोम्वस सेकेण्डरी ( पूर्व पा.वि. देखि मा.वि. सम्म), रोम्वस नेशनल कलेज (बी बी एस) र राजधानी कलेज (प्लस टु) उच्च मा.वि. रहेका छन् ।

 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).