हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भेटवार्ता भयो।

दुई अध्यक्षबीच भएको छलफलले कुनै निष्कर्ष ननिकाले पनि दुई अध्यक्षबीच संवाद सुरु भएको रुपमा हेरिएको छ। यसअघि गत मंगलबार सचिवालय बैठक बस्नु अघि ओली र प्रचण्डबीच केही समय छलफल भएको थियो।

‘दुई अध्यक्षबीचको छलफलले कुनै निष्कर्ष त निकालेन तर सौहार्दपूर्ण रुपमा छलफल भयो,’ प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले डिसी नेपालसँग भने।

 

कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै १९ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसको जवाफमा ओलीले मंसिर १३ गते बसेको सचिवालय बैठकमा ३८ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गरेपछि दुई अध्यक्षबीचको सम्बन्धमा चिसोपना आएको छ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).