2022-07-13 07:31:14
नकारत्मक भन्दा सकारात्मक समाचारलाई प्राथमिकतामा राख्न सञ्चारकमीसँग प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको आग्रह
भक्तपुर, असार२९ गते २०७९
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा भएका सकारात्मकता कुरालाई बढी प्राथमिकतामा राखेर समाचार शंप्रेसन गर्न सञ्चारकर्मीसंग आग्रह गरेका छन् । नकारात्मक समाचार मात्र खोज्दा समाजमा निराशा देखिएको बताउँदै समाजलाई आशावादी बनाउने तर्फ सञ्चारकर्मीले योगदान गर्नुपर्ने आवश्यकता भएको बताउँनु भयो ।
मंगलबार भक्तपुरबाट प्रकाशित हुने छापा माध्यमका पत्रपत्रिकाको अनुगमनपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बस्नेतले सञ्चार माध्यमले नकारात्मक समाचारलाई बढी प्राथमिकतामा राखिएको देखिएको भन्दै उहाले सकारात्मक समाचारको समेत खोजी गरी प्रचारप्रसार गर्नुपर्ने धारणा ब्यक्त गर्नु भयो
ु । आजभोली पत्रकार देखेर भाग्ने अवस्था आईरहेको छ भनुहुदै पत्रकार देख्दा खुशी हुने वातावरण बनाउनुपर्नेमा जोड दिदै उहाँले समाज लाई परिवर्तनका लागि प्रेम र बिश्वास जगाउने खालको समाचार सस्प्रेषण गर्नुपर्ने बताउँनुभयो ।
स्थानीय सरकारका असल अभ्यासहरु सार्वजनिक गरी त्यसलाई देशभर लागू गर्न प्रोत्साहित गर्ने काम पनि सञ्चार क्षेत्रको भएको भनुहुदै उहाँले अनलाइनमा आएकै समाचारको पछि लाग्ने भन्दा भिन्नै महत्वका नयाँ नयाँ विषय पस्कन सके अझैपनि पत्रपत्रिका खोजीखोजी पढ्ने वातावरण बन्ने बताउनुभयो ।
अध्यक्ष बस्नेतले आफ्नो सिङ्गो टिम सञ्चार क्षेत्र र पत्रकारको रक्षा गर्नुपर्ने विषयमा एकतावद्ध रही कार्य गरिरहेको जिकिर गर्दै काउन्सिलको आफ्नो कार्यकाल सञ्चार क्षेत्रको बिकास तथा पत्रकारको हित र क्षमता अभिबृद्धिमा उल्लेखनीय हुने दावी गर्नुभयो ।
उक्त कार्यक्रममा काउन्सिलका सदस्यद्वय गोपाल बुढाथोकी र ठाकुर बेलबासेले काउन्सिलले गरेका विविध गतिविधिबारे प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा प्रक्षेपण दैनिक तथा नेपाल न्युज साप्ताहिकका बिकल श्रेष्ठले काउन्सिलले राससको समाचार राख्दा पनि हुबहुमा पार्नेगरेको गुनासो गर्नुभयो । मजदुर दैनिकका सरोजराज गोसाइँले पत्रकारिता निस्पक्ष नहुनेमा बताउँदै जनपक्षीय पत्रपत्रिकालाई काउन्सिलले विशेष संरक्षण गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी धरहरा टाइम्सका साप्ताहिकका रमेश खड्काले पत्रपत्रिकाको मूल्यांकन संञ्चार क्षेत्रका बिज्ञ टोलिले मात्र गर्नुपर्नेमा जोड डिदै त्यसमा ब्यापारीलाई सामेल गर्नु बिडम्वना भएको बताउनुभयो । स्टार एक्स्प्रेसका प्रविन जोशीले जेष्ठ पत्रकारले चलाएका पत्रपत्रिकालाई आरक्षण र संरक्षणको नीति अपनाउन आग्रह गर्नुभयो । त्यस्तै उहाँले लोककल्याणकारी बिज्ञापन वापतको रकम एक दशक देखि नबढाएको प्रति दुख ब्यक्त गर्नुभयो । समय समाजकी सिर्जना खतिवडाले मूल्यांकन विधि हतोत्साहित बनाउने खालको भएको गुनासो गरिन । कार्यक्रममा महासंघका सचिव संजीप घिमिरे शुभचिन्तकले काउन्सिलले जिल्ला शाखाहरुलाई जिम्मेवारी दिए जिल्लास्थित पत्रपत्रिका वर्गीकरणमा सघाउन आफूहरू तयार रहेको बताउँनुभयो । उक्त अवसरमा महासंघका सल्लाहकार पुस्करराज बुढाथोकी र रमेश गिरी त्यसैगरी रास्ट्रिय सञ्चार केन्द्रका पेशल बुढाथोकी लगायतले काउन्सिल जिल्लामै आएर सुझाव लिनु स्वागतयोग्य भएको बताउँनुभयो । काउन्सिलको टोलीले कार्यक्रम शुरु हुनु भन्दा अगाडी मजदुर दैनिक, प्रक्ष्यपन दैनिक र न्यातापोल दैनिकको कार्यालय निरिक्षण गर्नु भएको थिायो । कार्यक्रम प्रेस काउन्सिलका मूख्य सचिव झविन्द्र भुसालले संचालन गर्नु भएको थियो भने नेपाल पत्रकार महासङ्घ भक्तपुरका कार्यवाहकअध्यक्ष सुन्दर सिल्पकारको सभापतित्वमा भएको थियो ।










0 Comments