2022-07-13 06:24:52
वागीश्वरी कलेज र विद्यार्थी ग्वाछा पब्लिक क्याम्पस सङ्घद्वारा सम्मानित भएको छ ।
नवलपुर, २९ असार २०७९
पब्लिक क्याम्पस सङ्घको ३२ औ“ वार्षिकोत्सवको अवसरमा असार २५ गते शनिवार मध्यविन्दु बहुमुखी क्याम्पस नवलपुर जिल्लाको कावासोतीमा आयोजित कार्यक्रममा २०७६ सालमा सामुदायिक क्याम्पसहरुमध्येबाट व्यवस्थापन सङ्कायमा नेपाल प्रथम हुनुभएकी भक्तपुरकी बबिता ग्वाछा र वागीश्वरी कलेजलाई गणेशमान पालिके स्मृति कोषबाट नगद रु. १५ हजारसहित प्रशंसा पत्रबाट सम्मान गरेको हो ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव शंकर प्रसाद भण्डारीले देशका शिक्षित युवा जनशक्ति विदेशमुखी भएकोमा चिन्ता व्यक्त गर्दै विश्वविद्यालय अनुदान आयोग शिक्षालाई उत्पादनमुखी बनाउन केन्द्रीत रहेको जानकारी दिनुभयो ।
पब्लिक क्याम्पस सङ्घका अध्यक्ष शिवराज सन्जेलको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित अन्य वक्ताहरुले वार्षिकोत्सव सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगले हालै लागू गरेको ‘नेहेप’ ९ल्भ्ज्भ्ए( ल्गचतगचष्लन भ्हअभििभलअभ ष्ल ज्ष्नजभच भ्मगअबतष्यल एचयनचबm० का बारमा क्यूएए निर्देशक डा. ऋषिकेश पाण्डे र अफिसर दिपेश सिंहले अभिमुखीकरण गर्नुभएको थियो ।











0 Comments