हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर असार २९ गते २०७९
आज गुरु पूर्णिमा नेपालमा आज भानु जयन्ती र व्यासजयन्तीको रुपमा पनि मनाउने गरिन्छ । असार शुक्ल पूर्णिमाको दिन सिद्धार्थ गौतम बुद्धले बोधिज्ञान प्राप्त पश्चात प्रथम पञ्चभद्रिय भिक्षुहरुलाई उपदेश दिनु भएको दिन मानिन्छ । त्यसै अवसरमा आज भक्तपुरमा २६११ औ धर्मचक्र प्रवत्र्तन दिवस मनाएको छ । धर्मचक्र प्रवत्र्तन दिवसको अवसरमा भक्तपुर बौद्ध संघले प्रभात फेरी कार्यक्रम गरी भक्तपुर नगर परिक्रमा गरेको हो ।

कुथु बहबिाट शुरु भएको प्रभात फेरी कार्यक्रममा सयौ जना भक्तपुरको बौद्ध धर्मालम्वीहरुको सहभागीता थियो । कार्यक्रम बुद्धवार बिहान ०७ः१५ मा कुथु बही (मिनिबस पार्क) बाट शुरु भई इताछें, खौमा, लायकु, चोछें, भोलाछे. थालाछें, तचपाल, गोःमारी, तःमारी, बंशगोपाल हुदैं कुथु बहीमा आएर कायक्रम सम्पन्न गरेको हो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).