2022-07-12 15:40:29
भक्तपुर नगरपालिकामा आज बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिहरुको भ्रमण
२०७९ असार २८ गते, मंगलबार
असार २८ गते मंगलवार तनहँु जिल्लाको बन्दीपुर गाउपालिकाका जनप्रतिनिधिको टोली भक्तपुर भ्रमनमा आएका छन् । टोलीले भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिसँग नगरपालिकाको सभाकक्षमा भेटवार्ता गर्नुभएको छ । नगर प्रमुख प्रजापतिले पाहुना बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाको नेतृत्वमा आएको उक्त टोलीलाई स्वागत गर्नुहुँदै भक्तपुर नगरपालिकाको संक्षिप्त परिचय गराउनुभयो ।
भेटमा नगर प्रमुख प्रजापतिले उत्पादनका मुख्य मुख्य साधनहरु सामाजिकीकरण, शिक्षा र स्वास्थ्य उपचारजस्ता जनताका आधारभूत आवश्यकताका विषयहरु निःशुल्क हुनुपर्ने, रोजगारीको सुनिश्चितता र आार्थिक समानता हुने राजनैतिक व्यवस्था नै समाजवादी व्यवस्था भएको बताउँनुभयो । त्यसैले भक्तपुर नगरपालिकाले आफ्ना नीति, योजना र कार्यक्रमहरु समाजवादी व्यवस्थाअनुरुप बनाउने प्रयत्न गर्दै आइरहेको पनि जानकारी दिनुभयो ।
टोलीलाई शिक्षा क्षेत्रमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सातवटा शैक्षिक संस्थाहरूमा हाल ७२ जिल्लाका ७ हजारभन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिनहँदै भनपाले बिद्यार्थीहरुलाई रु. ५ लाखसम्म शैक्षिक ऋण प्रदान गर्दै आएको पनि जानकारी गराउनु भयो । त्यस्तै संस्कृति, राजनीतिशास्त्र, भूगोल, इतिहास र नेपालभाषामा उच्च शिक्षा हासिल गर्ने पी. एच. डी. सम्मका विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिको व्यवस्था समेत गर्दै आइरहेको बताउनुभयो ।ु
त्यस्तै भक्तपुर नगरपालिकाले जर्मन सरकारले भक्तपुर नगरपालिकाको १० वटा सम्पदा पुनः निर्माणको लागि रु. १ अर्ब २० करोड (१ करोड युरो) अनुदान सम्झौता भएकोमा सम्झौतामा उल्लेखित शर्तहरु जनताको स्वाभिमानमा आँच पुग्ने देखेर त्यो सम्झौता रकम भक्तपुर नगरपालिकाले अस्वीकार गरेको नगर प्रमुख प्रजापतिले बताउनुभयो । भक्तपुरका जनताको साथ र सहयोगबाट विदेशीको सहयोग विना २०७२ सालको भूकम्पले क्षति पु¥याएका १२४ वटा सम्पदाहरु पुनःनिर्माण र जिर्णोद्धार सम्पन्न गरिसकेको र दर्जनौं सम्पदाहरु पुनः निर्माणको क्रममा रहेको पनि उहाँहरुलाई अवगत गराउनुभयो ।
भेटका क्रममा बन्दीपुर गा.पा.का अध्यक्ष सुरेन्द्रबहादुर थापाले तनहुँको बन्दीपुर गाउँपालिका १०२ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका पर्यटकीय महत्व बोकेको, बताउनुभयो । भक्तपुर र बन्दीपुर एक अर्काका परिपूरक सहर भएको पनि जानकारी दिनुभयो ।
भक्तपुर र बन्दीपुरका कला, संस्कृति एक अर्कामा धेरै कुरामा मिल्दाजुल्दा रहेको बताउनुहुँदै अध्यक्ष थापाले भक्तपुर नगरपालिकाबाट सिक्दै बन्दीपुर गा.पालाई सांस्कृतिक संरक्षित सहरको रुपमा विकास गर्ने उद्देश्य रहेको र बन्दीपुरका मुख्य मुख्य सडकहरुमा सवारीसाधन निषेध गर्दै ढुंगा छपाईको कार्यलाई जोड दिँदै आएको पनि थापाले बताउनुभयो ।
भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण तथा फोहरमैला व्यवस्थापनका क्षेत्रहरुमा गरिरहेको काम देशकै लागि उदाहरणीय भएको अध्यक्ष्य थापाले बताउनु भयो । अध्यक्ष्य थापाले भक्तपुरको विकासबाट आफूहरुलाई निकै ऊर्जा र प्रेरणा मिलेको र बन्दीपुरलाई पनि भक्तपुरजस्तै सुन्दर शहरको रुपमा विकास गर्ने लक्ष्य रहेका साथ नगरपालिका भ्रमण आएको पनि नगर प्रमुख प्रजापतिलाई बताउनु ।










0 Comments