हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर


भक्तपुर असार २६ गते
भक्तपुरको सुर्यविनाय भुलाँचा चोकबाट एक हजारको नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्यविनायक ८ भुलाँचा चोक राष्ट्रिय बाणिज्य बैक पछाडी घर भएका ३० बर्षीय निर विकार प्रजापतिलाई महानगरीय प्रहरी वृत्त जगातीको टोलीले समातिएको हो । आईतवार दिउँसो १२ः३० बजेको समयमा प्रजापतिसँग रहेको १००हजार दरको १३ वटा (जम्मा तेर्ह हजार रुपौया) फेला परेको हो । हेर्दा सकली जस्तो देखिने एक हजारको नोट सहित प्रजापतिलाई नियन्त्रणमा लिई थप आवश्य अनुसन्धानका लागि जगाती वृत्तमा राखिएको महानगरिय प्रहरी वृत्त जगातीले जनाएको छ ।

 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).