2022-07-06 15:08:34
सूचनाको हक कार्यान्वयन गर्न सबै कार्यालय र स्थानीय सरकार जिम्मेवार हुनु पर्ने, राससका अध्यक्ष्य धर्मेन्द्र झा ।
२०७९ असार २२ गते
सूचनाको हक कार्यान्वयन गर्नका लागि सबै कार्यालय र स्थानीय सरकार जिम्मेवार हुनु मर्ने राष्ट्रिय समाचार समितिका अध्यक्ष्य धर्मेन्द्र झाले भनुभयो । नेपाल पत्रकार महासंघ भक्तपुरको आयोजनामा गरिएको सूचनाको हक कार्यान्वयनमा स्थानीय सरकारको दायित्व बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अहिलेको अवस्थामा सूचना दिने र लिने बिच तालमेल हुन नसकेको बताउँदै सार्वजनिक निकायले सूचनाको हकप्रति गम्भिर हुनु पर्ने भन्दै सूचनाले नै लोकतन्त्रलाई बलियो बनाउँने पनि बताउँनु भयो । उहाँले जनप्रतिनिधिहरुले जनताले बढी चासो राख्ने बिषयको सूचना चाडो भन्दा चाँडो सार्वजनिक गरि जनता प्रतिको जिम्मेवारीता देखाउनु पर्ने पनि बताउँनुभयो ।
त्यस्तै कार्यक्रममा मध्यपुर नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सूचनाको हक पत्रकारको मात्र नभई सर्वसाधारण जनताको पनि हो त्यसैले स्थानीय सरकारले सर्वसाधारणको लागि पनि नेपाल सरकारले तोकेको नियममा बसेर दिन मिल्ने सम्पूर्ण सूचना दिने बचन दिनु भयो । नगर प्रमुख श्रेष्ठले नगरपालिकाले गरेको र गरिरहेको सम्पूर्ण कामको बारे सबै जनतामा पुग्ने गरि सूचना प्रवाह गर्न नगरपालिकाले सदैव तयार रहेको भन्दै सूचनामा सबैको पहुँच पुगोस भने हेतु सूचना अधिकारी तोकिएको समेत जानकारी दिनुभयो । उहाँले भखरै सम्पन्न भएको नगर सभाको पनि सम्पूर्ण जानकारी चाडै नै पत्रकारहरु माझ सार्वजनिक गर्ने पनि जानकारी दिनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरको सबै सरकारी, गैरसरकारी, संघसंस्था लगायत स्थानीय निकायमा पनि अनिवार्य सूचना अधिकारी राख्नु पर्ने ब्यवस्था गरेको बताउँनु भयो ।
त्यस्तै कार्यक्रममा उपस्थित अतिथिहरुले सूचनाको अधिकार पत्रकारको मात्र नभई आम जनताको अधिकार भएको संविधानले नै प्रत्याभुती गराएको हुनाले आम नागरिकले पाउने सूचनाको अधिकार सबैले पालना गर्नु पर्ने बताउनु भयो ।










0 Comments