2022-07-04 03:53:00
रु १० हजारमा शिक्षक र विद्यार्थीहरुलाई लेभ्निंग ब्राण्डको इलेक्ट्रिक स्कुटर
असार २० गते
बज्र ग्रुप अन्तर्गत इभी नेपाल मोटर्स प्रा. लिले लेभ्निंग ब्राण्डका इलेक्ट्रिक स्कुटर रु १०,००० मा शिक्षक विद्यार्थी लक्षित योजना ल्याएको छ । “तपाइको गोजीमा कति छ” भन्ने स्किम अन्तर्गतको लेभ्निंग ब्राण्ड को स्कुटर कुनै पनि शिक्षक तथा विद्यार्थीको लागि जम्मा रु १०,००० मा उपलब्ध गराउने भएको छ र बाकी रकम किस्तामा तिर्ने ब्यवस्था गरिएको छ साथै नबिल बैंकको ०% ब्याज मा पनि स्कुटर किन्न सक्नेछन् । नगदमा किन्ने शिक्षक तथा विद्यार्थीको लागि भने १०,००० छुट गरिएको छ ्र शिक्षक तथा विद्यार्थीको खर्च वचत हुने, पेट्रोल हाल्न नपर्ने हुनाले कम्पनीले यो सहुलियत दरमा शिक्षक तथा विद्यार्थीको लागि दश हजार वा ०% स्किम मा लेभ्निंग ब्राण्डको इलेक्ट्रिक स्कुटर प्रदान गर्ने योजना लागु गरेको हो । आजै नजिक को शोरुम मा गएर प्रोडक्ट हेरी बिभिन्न प्रकार को स्कुटर मध्ये कुनै पनि स्कुटर सजिलै किन्न सक्नुहुनेछ । बिधार्थीको लागि फाइनान्स, एक्सचेन्ज र क्यास को सुबिधामा लिन सक्नुहुनेछ । लेभ्निंगको कुनैपनि शोरुममा यो सुबिधा उपलब्ध छ । यो स्किम सिमित अवधिको लागि मात्र लागु गरिएको इभी नेपाल मोटर्स प्रा. लिले जनाएकोछ । विस्तृत जानकारीको लागि इभी नेपाल मोटर्स नक्साल शोरुम, काठमाडौं मो न. ९८०१००२९८७ वा ९८०२३०८५१२ मा सम्पर्क गर्नुहोला ।











0 Comments