हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

खोटाङ। जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी बजारस्थित घोर्लेमा आयोजना गरिएको प्रथम सुन्तला महोत्सव सम्पन्न भएको छ। घोर्लेका स्थानीय बासिन्दाले उत्पादन गरेका सुन्तलाको प्रवद्र्धन, विज्ञापन र पहिचान गराउने उद्देश्यका साथ गाउँपालिकाकै सहयोगमा सुन्तला महोत्सव आयोजना गरिएको हो।

‘कृषि र उत्पादन विकासको आधार, सुन्तला उत्पादन गरिबी निवारण पूर्वाधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सव विघटित प्रतिनिधिसभा सदस्य एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विशाल भट्टराईले शनिबार औपचारिक उद्घाटन गरे। घोर्लेमा उत्पादित सुन्तलाको प्रचारप्रसार गर्दै बजार प्रवद्र्धन गर्ने लक्ष्यका साथ शुक्रबार र शनिबार आयोजना गरिएको महोत्सवमा सुन्तलाको दाना, सुन्तलाको जुस, सुन्तलाको वाइनको स्टल राखिएको थियो।

महोत्सवमा पुराना ऐतिहासिक सांस्कृतिक बाजा, पुराना प्रविधिका हस्तकलाका सामग्री, काठका ऐतिहासिक सामग्री, पितृ वा विवाहमा प्रयोग गरिने ऐतिहासिक सामग्री, हुक्का चिलिम, चोयाबाट निर्मित कोसेली वा अन्य सामान राख्न प्रयोग गरिने सामग्री, ऐतिहासिक कुपी, खुँगी, चुलेसी, काठबाट निर्मित ऐतिहासिक सामग्री राखिएका थिए। ऐतिहासिक लोहोटा र सिक्का, जाँतो, तेल पेल्ने कोल, ढिकी, किराँत राईको साकेला थान, किरात राईको पितृ पूजा गर्ने चुल्हो, मृत्यु संस्कार गरिने कार्य झल्काउने सामग्री, रक्सी बनाउने स्थानीय प्रविधि, कृषिजन्य उत्पादन, गुन्द्री, सुकुल, किराँत राजाले प्रयोग गर्ने हतियार, हस्तकलाका सामग्री लगायतका स्टलसमेत राखिएको थियो।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).