2025-10-16 11:58:26
गृहमन्त्री अर्यालद्वारा भक्तपुर जिल्ला प्रशासन निरिक्षण
भक्तपुर असोज २९ गते २०८२

गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुर जिल्ला प्रशासन कार्यालय निरिक्षण आउनुभयो । मन्त्री अर्यालले फागुन २१ गते तोकिएको निर्वाचनको बातावरण बनाउन सरोकारवाल हरुलाई संवाद मा आउनुपर्ने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय निरिक्षणका लागि भक्तपुर पुग्नु भएका गृहमन्त्री अर्यालले संचारकर्मीहरु सँग कुरागर्दै समयमै निर्वाचन गर्न दलहरुले संवाद मार्फत साथ र सहयोग गर्नु पर्ने बताउनुभयो । त्यसका लागि सरकारले सहजिकरण गर्ने बताउनु भएको छ । गृहमन्त्री अर्यालले निर्वाचन मार्फत जो कोही पनि आउन सक्ने अहिलेको सरकार निष्पक्ष निर्वाचन गर्नका लागि बनेको पनि बताउनुभयो । तोकिएको समयमा निर्वाचन गर्न नदिन केही तत्व लागि परेको बताउदै त्यस्ता तत्वहरुलाई सम्झाइ बुझाइ गर्ने उहाँले बताउनु भयो । राजनितिकर्मीले सुरक्षाकर्मीको मनोवल गिराउने काम गरेको भन्दै मनोवल बढाउने काममा सरकारले काम गरिरहेको पनि उहाँले बताउनुभयो । भक्तपुर शान्तिक्षेत्र जिल्लाका रुपमा रहेको सम्पदा क्षेत्रले भरिएको जिल्ला भएको भन्दै प्रसंशा गर्नुभयो । शान्ति र सदभाव सिगो देशको राजनिति भत्काउन अपदस्त भएकाहरु लागि परेको गृहमन्त्री अर्यालको भनाई छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तर्फ संकेत गर्दै उहाँले अपदस्त भएकाको कुकर्मवाट देशमा विद्रोह भएको बताउदै तिनिहरुलाई देशको राजनिति धुल्मिल्याउने खालका गतिविधि नगर्न सन्देश दिन चाहेको गृहमन्त्री अर्यालले बताउनुभयो। आगलागीबाट क्षेतिग्रस्त संरचना जिल्ला प्रशासन कार्यालय कक्षहरुको अवलोकन गरि जानकारी लिनुभएको प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले बताउनुभयो । गृहमन्त्री अर्याले भक्तपुरको शान्तिसुरक्षाको जनतालाई प्रत्याभूति हुने गरि काम गर्न निर्देशन दिएको समेत उहाँले बताउनुभयो । गत भदौ २३ र २४ गते जेन्जी को आन्दोलनको कारण जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँट र मुद्धा फाँटमा आगलागी भएको थियो भने प्रशासनमा रहेका केहि सरकारी र निजि सवारी साधन समेत आगजनी भएकाे थियो ।











0 Comments