2025-10-07 12:49:13
दशैंको अन्तिम दिन यसपालि नवदुर्गाको पूजामा राष्ट्रपति आउनु भएन ।
भक्तपुर । बडादशैकाे अन्तिम दिन आज भक्तपुर नगरपालिका वडा नं.९ स्थित नवदुर्गा द्यःछेंमा राष्ट्रपति राम चन्द्र पौडेल दर्शनको लागि आउनु भएन । उहाँको अनुपस्थितमा राष्ट्रपति कार्यालयका सहसचिव सुशील तिमल्सेनाले राष्ट्रपतिको प्रतिनिधिकाे रूपमा पुजा अर्चना गरेका छन। प्रत्येक वर्ष राष्ट्राध्यक्षकाे हैसियतमा राष्ट्रप्रमुखले नवदुर्गा भवानीकाे पुजा अर्चना गरि टीका तथा प्रसाद ग्रहण गर्ने प्रचलन छ । तर यस बर्ष राष्ट्रप्रमुखको विशेष कारणबस उपस्थित हुन नसके पछि उहाँको प्रतिनिधिको रूपमा राष्ट्रपति कार्सयालयका हसचिव सुशील तिमल्सेनाले पुजा गर्नुहुँदै टीका तथा प्रसादकाे रूपमा पन्चरंगी धागाे र विमिराे राष्ट्रपति कार्यालयका पुर्याउने भएकाे छ । साेहि टीका तथा प्रसाद राष्ट्रपति रामचन्द्र पाैडेल ग्रहण गर्नुहुने सहसचिव तिमल्सेनाले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति पाैडेलकाे स्वास्थ्यमा केही समस्या आएका कारण नवदुर्गा मन्दिरमा पुजा अर्चनाका लागि आउने कार्यक्रम रद्द भएकाे जानकारी दिनुभयो । राष्ट्रपतिले नवदुर्गा देवगणलाई दिईदै आएकाे दक्षिणा भने दिईएन । राष्ट्रपति आज आउने तयारी गर्दै दिउसाे २ वजे सम्म मन्दिरकाे सुरक्षा कडा पारेकाे थियाे । तर २ वजे पछि अचानक सुरक्षाकर्मी फर्किए पछि उहाँ नआउने जानकारी भएको नवदुर्गा देवगणका नाईके बृजेश बनमालाले वताउनुभयो । दशैकाे अन्तिमदिन काेजाग्रत पुर्णिमाकाे दिन राष्ट्रप्रमुखले नवदुर्गा भवानीकाे पुजा अर्चना गरि टीका तथा प्रसाद ग्रहण गर्ने चलन बीस २०४४ सालबाट तत्कालिन राजा विरेन्द्र शाहले याे परम्परा सुरू गरेकाे थियाे । २०६२/०६३ काे जनआन्दाेल पछि राष्ट्रप्रमुखकाे रूपमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद काेईराला आउनु भएको थियो । निरन्तर चलिआएको चलन तर यस बर्ष राष्ट्रप्रमुखकाे हातवाट पुजा राेकिएकाे नवदुर्गा जात्रा व्यवस्थापन संघका प्रमुख सल्लाहाकार नारायणमान वनमालाले वताउनु भयो ।
राष्ट्रपति कार्यालयवाट पुजा गर्नु अगाडि गुठी संस्थानकाे तर्फबाट संस्थानका केन्द्रका प्लेरमुख सैलेसराज कुवंरले पुजा गर्नुभएकाे थियाे ।











0 Comments