हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर भाद्र १५गते २०८२
भक्तपुर बहिरा संघको २९ औ साधारण सभाको समुद्घाटन कार्यक्रम सिद्धि स्मृति अस्पतालका संस्थापक अध्यक्ष श्यामसुन्दर धौभडेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो । भक्तपुर जिल्लामा छरिएर रहेका बहिरा अपांग नागरिकहरुको हकहित अधिकार संरक्षितको लागि गठित भक्तपुर बहिरा संघको २९ औ साधारण सभाको तथा २०८१ सालको एसइइ उत्तिर्ण बहिरालाई अध्यक्ष धौभडेलले बधाई पत्र वितरण गर्नुभएको थियो । 


कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष धौभडेलले प्रत्येक सामाजिक संघसस्था, अस्पताल, रेडक्रसहरुबाट बहिरा तथा अपांगको लागि छुट्टै सेवासुविधामा ध्यान दिएमा बहिरालाई सहज हुने बताउँदै २०८१ को एसइइमा उत्तिर्ण बहिरा विद्यार्थीहरु अनु चौगुठी, सरोज खड्का र संध्या वाता श्रेष्ठको उज्वल भविष्यको कामना गर्नुभयो ।
साधारण सभाका सभापतिको आसनबाट संघका अध्यक्ष जयराम पकानेवारले बहिरा अपांग नागरिकहरुको हकहित अधिकार संरक्षण एवं स्वावलम्बन जिवन पुनःस्थापनाको लागि संघ स्थापना गरेको बताउँनु भयो । सांकेतिक भाषा तालिम रोजागारमूलक सिप विकास तालिम आपसी सहयोग व्यक्तित्व विकास गर्ने, दोभाषे सेवा गर्ने उद्देश्यले २०५२ सालमा गठन भएको  पनि कार्यक्रमका सभापति पकानेवारले बताउनुभयो । संघ गठन पछि बैठकको लागि स्थान अभावको समस्यापछि यो वर्ष संघको लागि प्रदेश सरकार सामाजिक मन्त्रालय तथा विभिन्न दाताहरुको आर्थिक सहयोगमा संघको आफ्नै भवन निर्माण भईसकेको पनि बताउनु भयो । 
कार्यक्रममा गैसस महासंघ भक्तपुर शाखा सचिव लक्ष्मी, नेपाल रेडक्रस सोसाइतीका भक्तपुर मन्त्री धर्मराज कार्की, राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघका अध्यक्ष टिकाराम लामिछाने, सामाजिक अभियन्ता सुर्य श्रेष्ठको आतिथ्यमा सम्पन्न सो कार्यक्रमको संचालन संघका समिर देशेमरु तथा दोभाषे द्धय टिकाराम लामिछाने तथा नानु जयनाले गर्नु भएको थियो ।  


 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).