हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

अहिले हाम्रो देशमा संसद् मूर्च्छित अवस्थामा छ ।

संसद ब्युतिँन्छ कि ब्युतिँदैन, त्यो त यसै भन्न सकिंदैन ।

यतिबेला संघीयता समेत धरापमा परेको छ ।

संघीय स्वरूपको जननी भनेर चिनिने मुलुक स्विट्जरल्यान्ड हो ।

हाम्रा नेताहरूले मुलुकलाई स्विट्जरल्यान्ड बनाउने सपना विगतदेखि धेरै बाँडे ।

यो सबै आश्वासन मात्रै भयो ।

विश्वमा स्विट्जरल्यान्ड, भारत, मलेसिया, मेक्सिको, पाकिस्तान, रूस, क्यानडा, अमेरिका, सुडान, बेल्जियम, अस्ट्रेलिया र अर्जेन्टिनाजस्ता राष्ट्रमा यसको प्रयोग भएको छ ।

भारतमा १० करोड जनसंख्या भएको ठाउँमा एक प्रदेश छ, तर नेपालमा तीन करोड जनसंख्या नपुग्दैै सात प्रदेशमा बिभाजन गरिएको छ ।

संघीयता मंहगो भयो ।

यो देशले धान्न नसक्ने अवस्था देखियो ।

खर्चको त कुरै भएन ।

विश्वमा २८ वटा मुलुकमा मात्र संघीयता छ ।

कतिपय मुलुक संघीय प्रणालीमा गएर अनेकौं चुनौती र विद्यमान समस्याका कारण एकात्मक स्वरूपमा फर्केका उदाहरण पनि छन् ।

पछिल्लो समय देशलाई स्वर्ग बनाउने गरी आएको र सत्रौं हजारको बलिदानीमा रुमल्लिएको संघीयता पहिलेदेखि नै धरापमा थियो ।

संघीयताको असली रूप उदांगिदै गएको छ 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).