हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर श्रावण ६ गते २०८२

२०८२/०४/०६ गते मंगलवार ११:२० बजे भक्तपुर वडा नं. ४ र सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित भुलाँचा  चोकमा काठमाण्डौबाट बनेपातर्फ जाँदै गरेको बा. ५ ख. ४७८२ नं. को मयुर यातयातको बसले पैदलयात्रीलाई किचेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । भक्तपुर नगरपालिका वडा नं. ४ मंगलाछेँ घर भई हाल भक्तपुर आदर्श बस्ने बर्ष ७१ की सुवर्णकेशरी श्रेष्ठलाई बाटो क्रश गर्ने क्रममा ठक्कर दिदाँ गम्भिर घाईते भई उपचारको लागि भक्तपुर अस्पताल लगेकोमा उपचारकै क्रममा ऐ. मितिको ११:३५ बजेको समयमा मृत्यू भएको परीसर भक्तपुरले जनाएको छ । घटनास्थलमा प्रहरी वृत्त जगातीले ठक्कर दिने बस र चालक जिल्ला नुवाकोट शिवपुरी गाँउपालिका वडा नं. २ छाप घर भई काठमाण्डौ नारायणस्थान बस्ने बर्ष २८ को निल कुमार तामाङलाई  नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको परिसर भक्तपुरले जनाएको छ । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).