2025-06-21 15:14:05
मष्तिष्क पक्षघात प्रिता बल्लले खुट्टाले मोवाइलमा लेखेका अविचलित पाइला नामक पुस्तक विमोचन
भक्तपुर असार ७, गते २०८२
भक्तपुर नगरपालिका वडा नं ३ तेखापुखू निवासी मष्तिष्क पक्षघात प्रिता बल्लले खुट्टाले लेखेर दुई सय ४२ पृष्ठ लामो पुस्तक तयार पारेकी छिन् । शारिरीक अपांगतमा जीवन विताइरहेकी बल्लले खुटाले लेखेर पुस्तक तयार पारेकी हुन् । उक्त अविचलित पाइला नामक पुस्तकको आज पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले एक समारोहवीच आज शनिवार लोकापर्ण गर्नु भयो । पुस्तक दुई खण्डमा विभाजित छ भने पुस्तकको प्रकाशक अनुशिलन नेपाल सूयविनायक ३ बालकोट रहेको छ । ९३ वटा विभिन्न शीर्षकमा प्रिताले आफनो मनका कुराहरु लेखेकी छन् । पारिवारिक पृष्ठभूमि, यहाँंबाट सुरु हुन्छ मेरो जिन्दगीको दैनन्दिनी, एभरेस्ट स्कुलमा भर्ना, सुमन सरसँंग सामीप्यलगायतका गरी ९३ वटा शीर्षकसम्म आफैंले मोवाइलमा लेखेका पुस्तकमा समावेश गरिएका छन् । लेखिका बल्ल २०४८ साल असार ३१ गते जन्मेका उनी जन्मेको झण्डै दस वर्षसम्म हिड्डुल गर्न सकिनन् । त्यसपछि अलिअलि बांगोबांगो भएर हिड्न पनि सकिन्। तर त्यसपछिदेखि उनी अहिलेसम्म पनि ह्विलचियरमै सिमित छन् । २०५२ सालमा सुस्त मनस्थिति कल्याण संस्थाको सहयोगमा भक्तपुर स्काउटबाट सञ्चालित कक्षा एकमा १ वर्ष अध्ययन गरिन् । त्यसपछि २०५३ मा १ गतेदेखि समुदायमा आधारित पुनस्थापना केन्द्र (सिविआर) भक्तपुरबाट सञ्चालित बहुअपांगता विशेष विद्यालय इन्द्रायणी भक्तपुरमा नौ वर्ष अध्ययन गरिन् । त्यसपछि २०६२ वैशाख ६ गतेदेखि २०६८ साउन १ गतेसम्म भक्तपुरको एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासीमा कक्षा ३ देखि ८ सम्म अध्ययन गरिन् । पछि २०७० सालदेखि २०७३ सालसम्म शान्ति निकेतन मावि भक्तपुर वडा नं. ४ राममन्दिरमा अध्ययन गरी सोही स्कुलबाट २०७३ सालमा एसइई उतीर्ण गरिन् । २०७६ भाद्र २९ गतेदेखि २०८१ बैशाखसम्म ख्वप कलेज देकोचा भक्तपुरमा स्नातक तह अध्ययन गरी अध्ययन पूरा गरेकी छिन् । प्रिताको परिवारमा मातापिता र बहिनी गरी कुल चार जना रहेका छन् ।











0 Comments