2025-06-13 14:48:05
सुर्यविनायक नगरपालिका जिल्ला कै पहिलो खोप सुनिश्चितता तथा दिगोपन नगरपालिका घोषणा
भक्तपुर जेठ ३० गते २०८२
भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका जिल्ला कै पहिलो खोप सुनिश्चितता तथा दिगोपन नगरपालिका शुक्रवार घोषणा भएको छ । नगरपालि भित्र पुर्ण खोप लगाए नलगाएको जनस्वास्थ्य कार्यालय भक्तपुरले अनुगमन गरि प्रतिवेदन दिईसकेपछि मात्र विश्व स्वास्थ्य संगठन डव्लुएचओ खोप सर्भनेन्स अफिसर डाक्टर सागर शाक्यले र जनस्वास्थ्यका प्रमुख अन्जना खड्काको उपस्थितिका शुक्रवार नगरपालिको हलमा एक कार्यक्रम बिच पुर्ण खोप सुनिश्चितता तथा दिगोपन नगरपालिका घोषणा गरिएको हो । नगरपालिकाले आयोजना गरिएको खोप सुनश्चितता तथा दिगोपन नगरपालिका घोषणा गर्दै नगरप्रमुख बासुदेव थापाले बालबालिकालाई खोपले रोग संग लड्ने क्षमताको विकास गर्ने बताउनुभयो । नगरप्रमुख थापाले खोप सुनिश्चिताक लागि नगरपालिकाले आगामी आर्थिक बर्षमा पनि वजेट विनियोजन गरिने बताउनुभयो । कार्यक्रममा उहाँले नगरपालिकाले भौतिक विकास निर्माण संगै शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो । नगरपालिकका भित्र रहेका बालबालिकालाई खोप लगाउन कोहि पनि नछुटुन भनि बैशाख महिना भरि घरघरमै स्वास्थ्य स्वयम् सेविकाहरू गएर खोज र खोप अभियान संचालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईले जानकारी दिनुभयो । नगरपालिका भित्र बसोवास गर्ने जन्मे देखि १५ महिना सम्मका १४ सय ५५ जना बालबालिकाहरू लाई पुर्ण खोप लगाईसकेको बताउँदै १६ देखि २३ महिना सम्मका १३ सय ५३ जना बालबालिकाहरूलाई पुर्ण खोप लगाईसकेको उहाँले बताउनुभयो । नगरपालिकाले मानिस जन्मे देखि बुढेसकाल सम्म नै गर्नुपर्ने काम र विभिन्न सेवाहरू दिईदै आएको नगर प्रवत्ता तथा समाजिक विकास प्रमुख रविन्द्र सापकोटाले बताउनुभयो । घोषणा कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अन्जना खड्काले जिल्लाका चार वटै नगरपालिकाहरु पूर्ण सुनिश्चित नगरपालिका घोषणाको क्रममा रहेको जानकारी दिनुभयो । यसपछि भक्तपुर जिल्ला बागमती प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुने पनि प्रमुख खड्काले बताउँनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं १ देखि १० सम्मकै वडा अध्यक्षहरु सहभागी थिए । साथै नगरभरिका विभिन्न स्वास्थ्य चौकीका प्रमुख तथा स्वास्थयकर्मीहरुको पनि सहभागी रहेका थिए ।











0 Comments