हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर जेठ ११ गते २०८२ 
भक्तपुर जिल्लामा रहेका पत्रकारहरुको हकहित तथा प्रबद्र्धनका लागि सरकारी निकाय, बिभिन्न संघसंस्था तथा स्थानिय तहसँगको समन्वयमा पत्रकार र पत्रकारिता क्षेत्रको बिकासका लागि नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले बिभिन्न गतिबिधि गर्दै आईरहेको छ । यस शाखामा साना लगानीका स्वरोजगार मूलक सञ्चार माध्यमहरु संचानल गर्ने पत्रकारहरुको बाक्लो उपस्थित रहेको छ । त्यसैले जिल्लाम रहेका साना तथा स्वरोजगार मूलक सञ्चार माध्यमहरु तथा पत्रकारहरुको हकहित, प्रबद्र्धन तथा बिकासका लागि यस नगरपालिकाको आगामी निति तथा कार्यक्रम र बजेटमा निम्न बिषयहरु समावेश गर्नका लागि  महासंघ अनुरोध गर्द छ ।
१, यस शाखामा साना लगानीका स्वरोजगार मूलक सञ्चार माध्यमहरु संचानल गर्ने पत्रकारहरुको संरक्षण र बिकासका लागि बिशेष योजना तथा नीति बनाउन माग गर्दर्छ ।
२, मिडिया बिकासका लागि लोककल्याणकारी बिज्ञापनको तथा फेलोशिपको ब्यवस्था गर्न माग गर्दर्छ  ।
३, दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रिकाको ऐतिहासिक महत्व र ति माध्यमहरुबाट खेलेको भूमिकालाई मनन गर्दै यस्ता छापा माध्यमलाई संरक्षण र प्रबद्र्धन गर्नका लागि नगरपालिकाले बिशेष योजनाहरु ल्याउन आग्रह गर्दर्छ  ।
४, पत्रकारहरुको सिप तथा क्षमता बिकास लागि तालिम, गोष्ठी सेमिनारको लागि बार्षिक कम्तीमा १० लाखको बजेटको ब्यवस्था गर्न माग गर्दर्छ ।
५, लोककल्याणकारी बिज्ञापन तथा अन्य सूचना सन्देश बिभिन्न भाषाभाषी, आदिवासी तथा जनजाती, महिला, दलितहरु प्रकाशक तथा सम्पादक रहेका मिडियालाई प्राथमिकता दिई समावेशी ढंगले वितरण गर्न माग गर्दर्छ ैं ।
६, स्थानीय तहबाट निर्माण गर्ने मिडिया निति तथा ऐन कानुन मिडियामैत्री र संविधानको भावन अनुरुप हुने गरि निर्माण गर्न माग गर्दर्छ ।
७, यस नगरपालिकाका सबै खालका कार्यक्रमहरुमा पत्रकार महासंघ जिल्ला शाखासँग आपसी सहकार्य गर्न आग्रह गर्दर्छ ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).