2025-05-23 10:56:18
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माण गर्न कुनै कन्जुस्याइँ नगर्ने नगर प्रमुख थापा
भक्तपुर जेठ ९ गते २०८२
सूर्यबिनयाक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले नेपाल पत्रकार महसंघ भक्तपुर शाखाको भवन निर्माण गर्न कुनै कन्जुस्याइँ नगरी सहयोग उपलब्ध गराउने बताउँनु भयो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख थापाले बिहीबार होटल सिटी गाउँ बाचामारीमा सप्पन्न गरेको मोबाइल जर्नलिजम (मोजो) विषयक एक दिने अभिमुखीकरण कार्यक्रममा सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो पत्रकारको भवन बनाउन सूर्यबिनायक नगरपालिकाले जग्गा दिनको लागि पनि कुनै कन्जुस्याइँ नगरिकन दिएका छौं । भक्तपुरका पत्रकारले सथ्यतथ्य सहितको पत्रकारीतालाई अगाडि बढाइएको पनि बताउनुभयो । हालसम्म पनि भक्तपुरका पत्रकारले तथ्यहीन समाचारको सम्प्रेषण कमै मात्रामा गरिएको र पत्रकारहरुको सहि सर्वेक्षणले नगरपालिकालाई काम गर्न अझ थप जोस जागर चलेको बताउँनुभयो । उहाँले विकास निर्माणको एउटा कामलाइ थाती राखेर भए पनि मानवीय विकास र मानवीय गोष्टि, सिपमुलक र रोजगारी मुलक कार्यहरुमा सदैव अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले मोजोले समाचारको प्राविधिक पक्षमा सहज पुर्याएको बताउनुभयो । उहाँले नागरिकको अपेक्षा प्रेससंग पनि जोडिएको भएर नागरिक समक्ष सत्य तथ्यगत सूचना सम्प्रेषण कसरी प्रस्तुत गर्ने भन्ने विषयमा पत्रकारले विशेष ध्यान पुर्याउनु पर्ने बताउनुभयो । उहाँका अनुसार नागरिकको नजरमा व्यवसायीक पत्रकारको छाप छोड्न यस्ता प्रविधिमैत्री अभिमुखीकरण कार्यक्रमहरु आवश्यक रहेको पनि बताउँनुभयो।

त्यस्तै उपप्रमुख सरिता तिम्सिना भट्टराईले पत्रकारले पाठकको रुचि अनुसारको बिषयबस्तु सत्य तथ्य प्रस्तुत गर्नु पर्नेमा जोड दिनुभयो । पत्रकारसंग सम्बन्धित चलचित्रको चर्चा गर्दै उहाँले कर्तव्य र अधिकारसंगै जिम्मेवार भइ काम गर्न सम्पुर्ण पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष नारायण किलम्बुले प्रबिधिको विकाससंगै पत्रकारीता क्षेत्रमा पनि चुनौती बढेको बताउँदै समाजलाई सकारात्मक सोचमा ल्याउन पत्रकारले वाच डगको भुमिका राम्रोसँग निभाएको पुर्व अध्यक्ष किलम्बुले बताउँनुभयो । यो तालिमले भक्तपुर जिल्लाका पत्रकारहरुलाई दक्षता र सीप प्रदान गरेको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ भक्तपुका अध्यक्ष एवं अभिमुखीकरण कार्यक्रमका सभापती सुन्दर शिल्पकारले पत्रकारको आवश्यकता र प्रविधिको विकासलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको जनकरी दिनुभयो । अध्यक्ष शिल्पकारले पत्रकारिताको ट्रेण्ड फेरिएको र अहिलेको युगमा मोबाइलबाट नै सम्पुर्ण कार्य हुने गरेको र सम्पुर्ण सञ्चार माध्यमले मोजोलाई नै प्राथमिकता दिएर आम नागरिक सामु सूचना सम्प्रेषण गर्ने गरेकोले पत्रकारलाई मोजो सम्बन्धि तालिम अति आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।
मोबाइल जर्नलिजम (मोजो) तालिम प्रशिक्षक फोटो पत्रकार तथा (मोजो) प्रशिक्षक बिकास कार्कीले दिनुभएको थियो ।













0 Comments