2025-05-18 12:59:58
भक्तपुर अस्पतालमा सिटी स्क्यान मेसिन आइतवार स्वास्थ्य मन्त्री किरण थापाद्धारा उद्घाटन ।
भक्तपुर जेठ ४ गते २०८२
देश कै दोस्रो जेठो अस्पताल भक्तपुर अस्पतालले स्थापना भएको १२० वर्षपछि सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ । बागमती प्रदेश सरकारले खरिद गरेर पठाएको अत्याधुनिक क्षमताको सिटी स्क्यान मेसिन आइतबार एक कार्यक्रमवीच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले उद्घाटन गर्नु भयो ।
काठमाण्डौको वीर अस्पतालपछि भक्तपुरमा स्थापना भएको दोस्रो पुरानो अस्पतालका रूपमा चिनिएको तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले चन्द्रलोक डिस्पेन्सरीको नाममा स्थापना गरेको थियो । यसअघि मेसिन भक्तपुर अस्पतालमा ल्याएसँगै बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा र बागमती प्रदेशसभाका सांसद सुरेश श्रेष्ठले मेसिन जडान क्षेत्रको अवलोकन गरी यथाशीघ्र सञ्चालनमा ल्याएर आमनागरिकलाई सहज र सुलभ सेवा प्रवाह गर्न अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्रप्रसाद भट्टलाई निर्देशन दिएका थिए ।

अस्पतालका लागि बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयले बोलपत्र आह्वान गरी रु आठ करोड बजेटमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गरेरको हो । मन्त्री थापाले भक्तपुर अस्पतालमा एक करोड १० लाखको लागतमा मेमोग्राम मेसिन ल्याउने तयारी गरिरहेका पनि जानकारी दिनुभयो । यो मेसिन जडान गरेपछि महिलालाई स्तन क्यान्सरको पहिचान एवं स्क्रिनिङ गर्न सजिलो हुनेछ भन्दै यी दुवै मेसिन सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति पनि सरकारले व्यवस्थापन गर्ने बताउनुभयो ।
अस्पतालका कार्यकारी निर्देशक डा भट्टले सिटी स्क्यान जडान गरी परीक्षण सम्पन्न गरिएको बताउँदै आइतबार बिहान उद्घाटन गरेसँगै औपचारिक रूपमा सञ्चालनमा आएको बताउँदै अब बिरामीले सिटी स्क्यान गर्न अन्य अस्पतालमा महँगो शुल्क तिरेर धाउनु नपर्ने बताउनुभयो।
कोरोना महामारीमा अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवं हाल बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले यो अस्पताललाई रिफर सेन्टरबाट विशेषज्ञ सेवासहितको गुणस्तरीय सेवा दिलाउन सफल भएपछि देशकै उत्कृष्ट अस्पताल घोषणा भएको थियो ।











0 Comments