हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर बैषाख १३ गते २०८२
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी किक बक्सिङ्ग प्रतियोगिता हुने भएको छ । यही बैषाख १९ र २० गते दुई दिनसम्म हुने प्रतियोगिता सुर्यविनायक नगरपालिका वडा नम्वर ८ जगाति स्थित भक्तपुर ईट्टा तथा टायाल कारखानको हल बनाई प्रतियोगिता गर्न लागेको हो । यस प्रतियोगिता गर्नुको मूल उद्धेश्य भनेको राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरुको पहिचान गर्ने, प्रशिक्षण दिन सक्ने र भविष्यमा अन्तराष्ट्रिय प्रतियागितामा नेपालको प्रनिधित्व गर्न सक्षम खेलाडी बनाउने रहेको आयोजक समितिले जनाएको छ । यस प्रतियोगितामा नेपालको सातै प्रदेशका २० भन्दा बढी जिल्लाहरुबाट विभिन्न क्लबका करिव १२० जना भन्दा बढी खेलाडीहरुको सहभागिता रहने अनुमान गरिएको समितिले प्रेशविज्ञप्तिमा उल्लेख गरिएको छ । विश्व किक बक्सिङ्ग महासंघ(ध्ब्प्इ)द्धारा स्वीकृत प् ज्ञ नियमावलीमा रहि प्रत्येक बाउट ३ राउण्डको हुनेछ र प्रत्येक राउण्डको २ मिनेट अवधि हुने छ । प्रतियोगितामा ११ वटा तौल तथा वर्गगत प्रतिस्पर्धाहरु गरिनेछ । जसमा पुरुष तर्फ ५१, ५४, ५७, ६३.५, ६७, ७५ केजी र खुल्ला तौैलमा खेलहरु सञ्चालन हुनेछ भन महिला तर्फ ५२, ५७, ६० केजी र खुल्ला तौल समुहमा खेल सञ्चालन गरिने आयोजक समितिले जनाएको छ । प्रतियागिताको बिशेष आकर्षणको रुपमा २ वटा प्रो फाइट (व्यावसायिक स्तरका खेलाडीहरु) पनि आयोजना हुनेछन् भने खेलाडीहरुको तौल जाँच बैषाख १८ गते गरिने समितिले जनाएको छ । प्रतियागितामा बिजयी खेलाडीहरुलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिने छ भने समग्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिमलाई विशेष ट्रफी प्रदान गरिने छ । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).