हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

बैशाख ४ गते २०८२
भक्तपुरको सल्लाघारीमा आयोजित नवौं भक्तपुरमा महोत्सवमा र्शकको घुर्इँचो लागेको छ । नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ नाराका साथ आयोजित गरिएको महोत्सव सुरु भएको सातौं दिन बिहानसम्म करिब १ लाख ५० हजार जनाले अवलोकन गरेका छन् ।  


सल्लाघारीको तीनकुनेस्थित चौरमा गएको चैत २८ गतेदेखि २०८२ बैशाख ७ गतेसम्म संचालन हुने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् । उहाँका अनुसार नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१÷०८२ भक्तपुरमा ११ दिनसम्म संचालन हुनेछ । महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाको साथै बिभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरु रहेका छन्, अध्यक्ष महतले जानकारी दिएका छन् । उक्त मेलामा औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा बिज्ञान प्रबिधिको प्रर्दशनी, अटो मोवाइल प्रर्दशनी, आधुनिक कृषि औजार प्रर्दशनी तथा विक्री भईरहेका छन् । मोवाईल तथा ईलेक्ट्रोनिक्स सामानको व्यापार तथा प्रर्दशनी एवं बिक्रीका लागि स्टलहरु छन् । 
त्यस्तै महोत्सवका संयोजक दीपक थापाका अनुसार महोत्सव स्थलमा स्थानिय हस्तकला, कृषि उत्पादनलाई समेत समावेश गर्ने तयारी गरिएको छ भने साना बालबालिकाहरुकोलागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्थलहरु साथमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कस समेत संचालनमा रहेको संयोजक थापाले जानकारी दिएक छन् । महोत्सवमा पर्यटकीय गतिविधि, स्थानिय खाना महोत्सवका साथै दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती समेत रहेको छ । राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्गय तथा फेशर्न याप तथा नृत्यहरु, नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षण बढेको छ । मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । करिब पाँच लाख भन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको महोत्सवलाई व्यवस्थित गर्न रु. ५० र रु. ८० प्रवेश शुल्कको व्यबस्था गरिएको छ । यद्यपी विद्यार्थी ५० प्रतिशत र जेष्ठ नागरिकलाई सतप्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै बैशाख १३ गते सोही स्थानमा चर्चित गायक गायिकाहरुको प्रस्तुति रहने भक्तपुर सांगीतिक साँझ–२०८२ को समेत आयोजना हुदैंछ ।
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).