2025-02-20 10:06:31
मध्यपुरमा वडास्तरिय महिनाको दुई दिन निःशुल्क स्वास्थ सेवा आजबाट सुरु
भक्तपुर, फागुन ८ गते २०८१
मध्यपुर थिमी नगरपालिकाले जेष्ठ नागरिक तथा महिला स्वास्थ र गर्भवती महिलाहरुको लागि महिननको दुई दिन वडाबाट निःशुल्क स्वास्थ सेवाको शुभारम्भ गरेको छ । नगरपालिकाले ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिक तथा महिला स्वास्थ र गर्भवती महिलाहरुको बिमा मार्फत निःशुल्क स्वास्थ सेवाको औपचारिक रुपमा आज वडा नं ६ बाट पाटी बिहारमा शुभारम्भ गरेको हो ।
नेपाल कोरियामैत्री नगर अस्पतालले यो सेवा महिनाको २ दिन नगरको सबै वडामा संचालन गरिने जनाइएको छ । साथै अशक्त तथा अपाङ्गता भएका बिरामी लाई घरघरमा उपचार सेवा पनि सञ्चालन हुने नगरपलिकाले जानकारी दिएको हो । नगरप्रमुख सुरेन्द्र श्रेष्ठले स्वस्थ्य परिक्षण गरेको रिपोर्ट मात्र देखाउन जेष्ठ नागरिकहरु घण्टौ अस्पतालमा लाईन बस्नु पर्ने, गर्भवती महिलाहरु जोखिम मोलेर मोटरसाइकलमा अस्पताल आइ स्वस्थ्य परिक्षण गराउने समस्याहरु न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले स्वस्थ्य उपचारका लागि ल्याबमा परिक्षण गराइएका नतिजा (ल्याब टेस्टका रिपोर्ट) मोबाइलमा उपलब्ध गराउने वातावरण सृजना गरिसकेको जानकारी गराउनु भयो ।

नगरपालिकाका उपप्रमुख बिजयकृष्ण श्रेष्ठले सुगर, प्रेसर जस्ता दीर्घ रोगका बिरामीहरु अस्पतालमा धेरै समय खर्चेर आफ्नो उपचार गर्न पालो कुर्नु पर्ने अवस्थाको अन्त्य गर्न जेष्ठ नागरिक तथा महिला स्वास्थ र गर्भवती महिलाहरुको निस्शुल्क स्वास्थ सेवा संचालनमा ल्याएको बताउनुभयो । उहाँले यो कार्यक्रमबाट रोग लाग्नु अगावै नै रोगको पहिचान गर्न मद्दत पुग्ने बताउनुभयो ।
त्यस्तै नेपाल कोरियामैत्री नगर अस्पतालका प्रमुख डा. दिपेन्द्र कुमार रौशनले यस अस्पतालमा बिरामी ठेग्न नसकेर रिफर सेन्टरको रुपमा विकस भएको जिकिर गर्नुभयो । उहाँले स्वस्थ्य सबैको अधिकार हो र यो अधिकारलाई घरघरमा किन नपुर्याउने त भन्ने हेतुले जेष्ठ नागरिक तथा महिला स्वास्थ र गर्भवती महिलाहरुको निःशुल्क स्वास्थ सेवा कार्यक्रमलाई संचालनमा ल्याइएको तर्क राख्नुभयो ।घरघर पुगेर यो कार्यक्रम संचालन गर्दा स्वास्थ्य सेवा दिनु पनि र उहाँहरु आशीर्वाद लिनु दुबै कार्य हुने प्रमुख डा. रौशनको भनाइ छ । अस्पतालका प्रमुख डाः रौशनले अस्पतालले जस्तोसुकै प्रगती गरे पनि स्वास्थ्य सेवामा स्तर उन्नति गरे पनि प्रचारप्रसार कमी भएको गुनसो पोख्नुभयो ।











0 Comments