हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

काठमाण्डौ फागुन ७ गते २०८१ 
काठमाण्डौको जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकाले जिल्ला प्रहरी परिसर भद्रकालीलाई सोनी ब्रान्डको ए सेभेन डिएसएलआर क्यामरा भद्रकालीका प्रहरी उपरीक्षक अपिलराज बोहरालाई बुधबार हस्तान्तरण गरेको छ । 
कागेश्वरी नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले प्रहरीलाई क्यामेरा हस्तान्तरण गरि सहकार्यको प्रयास गरेको बताउँदै उहाँले जनताको सुरक्षाका लागि नगरपालिकाले सुरक्षाकर्मीहरुलाई हेर्ने दृष्टिकोण सधैं सकारात्मक रहेको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो हामीले सुरक्षाकर्मीलाई हेर्ने दृष्टिकोण अत्यन्त फरक छ । हामी जति बढी आधुनिकीकरण हन्छ त्यति नै हाम्रो नगर, समाजलाई सुरक्षित गर्न सक्छौं भन्ने कुरामा विश्वस्त छौँ । त्यो काम गर्न हामी निरन्तर संवाद गरि यो खालको सहयोग गरिरहेका हुन्छौं । उहाँले सामग्रीको अभावमा समस्या सुल्झाउन धेरै समय खर्चिने कुरालाई मध्येनजर गरि गत वर्ष प्रहरी प्रभाग थलीलाई २५ लाख बराबरको ट्राफिक सामाग्री हस्तान्तरण गरिसकेको समेत जानकारी दिनुभयो । नगरपालिकालाई उज्यालो र सुरक्षित गर्न ट्राफिक लाइटदेखि सडक बत्ति र सुरक्षाको हिसाबको रूपमा सीसी क्यामेरा राख्ने गरि करिव १८ करोड बराबरको डिपिआर तयार गरि ट्राफिक व्यवस्थापनका हिसाबले उचित छ कि छैन भनेर रिभ्यु गर्न समेत पत्राचार गरिसकेको नगरप्रमुख कार्कीले जानकारी दिनुभयो । 
सोनी ब्रान्डको एसेभेन क्यामरा एक थानसँगै असी जिभिको मेमोरीकार्ड, एफई  दुई हजार आठ सय ७० एमएमको लेन्स र क्यामरा ब्याग हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले जनाकरी दिनुभयो । सो  सोनी ब्रान्डको एसेभेन क्यामरा एक सेट खरिद गर्दा बजार मूल्य छ लाख भन्दा बढीको पर्ने उहाँले बताउनुभयो ।
परिसर भद्रकालीका प्रहरी उपरीक्षक अपिलराज बोहराले सबै ठाँउबाट राम्ररी काम गर्न सकेको खण्डमा सामाजिक सुरक्षा लगयत अन्य कार्यहरु राम्रोसँग  बढाउन सकिने बताउँदै नगरपालिकले उपलब्ध गराएको क्यामेराले प्रहरीको विभिन्न गतिविधिहरुको प्रचारप्रसारमा टेवा पुग्ने बताउँनुभयो । सहयोग रकम सानो भए पनि सहयोगी भावना उत्पन्न हुनु नै ठुलो रहेको उहाँको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो रकमको हिसाबले केही नभए पनि सहयोगको भावना उत्पन्न हुनु नै ठुलो कुरा हो । प्रविधिमा आधारित भएर काम गर्न यस्ता उपकरणहरु आवश्यकता भएको जनाउँदै उहाँले आगामी दिनहरूमा नगरपालिकाले उपलब्ध गराएको क्यामराबाटै कैद गरिएका गतिविधिहरु सामाजिक संजालमा पोस्ट गरिने समेत बताउँनुभयो।
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).