हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर फागुन ७ गते २०८१ 
तिब्रगतिका कारण हुने दुर्घटना रोक्न जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले्र गति नियन्त्रण अभियान सुरु गरेको छ । मंगलवार मध्यपुरथिमि नगरपालिका वडा नं. ५ र ६ को सिमानामा पर्ने सल्लाघारी हुँदै पुरानोथिमि, सानो थिमि, पेप्सीकोला सडक खण्ड अन्तर्गत निकोेसेरा चोकबाट यो अभियान सुरु गरेको हो । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख प्रदीप खत्रीले फराकिलो सडकमा सावरी साधनको अत्याधिक तिब्र गतिका कारण दुर्घटना बढेपछि यसलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले तिब्र गति नियन्त्रण अभियान सुरु गरेको बताउनुभयो । २०८१ साउन १ गतेदेखि यहीँ फागुन २ गतेसम्म सात महिनाको अबधीमा सल्लाघारीबाट निकोसेरा, बाहखा बजार, पुरानोथिमि, सानोथिमि हुदै पेप्सीकोला सडकमा मात्रै १६० वटा सवारी साधन दुर्घटना भएको उहाँले जानकारी दिनुभयो । पेप्सीकोलादेखि फराकिलो र चिल्लो कालोपत्र सडकमा मोटरसाईकल मिनिट्रक, भाडाका साना गाडी, टिपरलगायतका साधनहरु तिब्र गतिमा सञ्चालन गर्दा यो अबधीमादुर्घटना भएका मध्ये ९० प्रतिशत मोटरसाइकल र स्कुटर दुर्घटनामा परेको पाईएको खत्रीले जानकारी दिनुभयो ।

दुर्घटना बढेपछि ट्राफिक कार्यालयले प्रतिघण्टा ४० को स्पिड निर्धारण गरेर अभियान सुरु गरेको जानकारी दिदैं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले मनोहरादेखि सानोठिमी, निकोसेरा सल्लाघारी रुटमा प्रतिघण्टा ४० भन्दा बढी गतिमा सवारी साधन चलाए कारबाही गरिने बताउनुभयो । नियमाअनुसार तिब्र गति हुने फराकिला सडकलाई ४० र बस्ती भित्र ३० प्रतिघण्टाको गति कायम गरिएको भन्दै उहाँले अरनिको राजमार्ग खण्ड अन्तर्गत मनोहरा खोलादेखि राधेराधे सूर्यविनायकसम्म प्रतिघण्टा ५० किलोमिटरको गति निर्धारण गरिएको पनि बताउनुभयो । ट्राफक प्रहरीले जुनसुकै बेलामा स्पिड नियन्त्रणका लागि राडार गनको प्रयोग गरिने भएकाले तिब्र गतिमा सवारी साधान नचलाउन सबैमा आव्हान गर्नुभयो । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले रातीको समयमा पनि राडार गन मार्फत तिब्र गति मापन गर्दै कारबाही प्रक्रिया सुरु गरेको छ । सोमबार राती ८ बजेदेख ९ बजेसम्म एकघण्टा गरेको चेकिङ्गमा ४९ वटा सवारी साधन तिब्र गतिका कारण कारबाहीमा परेको ट्राफिक प्रहरी प्रमुख खत्रीले जानकारुी दिनुभयो ।तिब्र गतिमा सवारी सधान चलाउने टिपरले रात्रीको समयमा पैदल यात्री, साईकल, मोटरसाईकल तथा स्कुटर र अन्य सवारी साधनलाई ठक्कर दिने, सडकका पोल र सडक किनाराका बारहरु भाचिने र अरुको घरभित्रसमेत छिर्ने गरि तिब्र गतिमा सवारी चलाउन थालेपछि टिपरका समेत रातीको समयमा गति मापन र्ग राडार गनको प्रयोग गरि कारबाही गर्न सुरु गरेको उहाँले बताउनुभयो । राती पनि सडक सरक्षित गर्न दिउँसो मात्रै नभई रातीपनि सवारी साधनको गति मापनदेखि अन्य कारबाही अगाडि बढाएको उहाँले बतउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नरपालिकाको संयोजन एवं सहयोगमा ट्राफिक प्रहरी, नगरपालिका, प्रहरी बृत्त थिमि, डिभिजन सडक कार्यालय भक्तपुर, नगर प्रहरीसमेतको टोलीले मंगलवार निकोसेरा चोकदेखि पेप्सीकोला मनोहरा पुलसम्म २० ठाउँमा तिब्र गति नियन्त्रण सम्बन्धि जनचेतना एवं सूचनामलक बोर्डहरु राखेको छ ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).