हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् । सोमबार पार्टी कार्यालयमा भएको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहमा उनले स्वःस्फूर्तरुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताए ।

 

अध्यक्ष थापाले भने, “राजा आउ देश बचाउ होइन, जनता आउ, राजा ल्याउ देश बचाऔँ भन्नुपर्यो ।” उनले जनताले राजालाई ल्याएर राजा र जनता मिलेर देश बचाउनुपर्ने बताए । उनले राजसंस्था र हिन्दुराष्ट्र पक्षधरलाई राप्रपाको नेतृत्वमा गोलबद्ध हुन पनि आग्रह गरे ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).