हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर माघ २६ गते शनिवार २०८१
शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.भक्तपुर सूर्यविनायकको आ.ब.०८१।०८२ को अर्धवार्षिक समिक्षा गोष्ठी शनिवार सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले हाल सहकारीको अवस्था बारे स्पष्ट पार्दै अध्यादेशले जारी गरेको बुँदाहरुमा संशोधन गर्नुपर्ने कुरामा जोड दिनु भयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष निर्मला सुवालले उपस्थिति सबैलाई स्वागत गर्नुहुँदै संस्थाको वार्षिक कार्यक्रम अन्र्तगत रही संस्थाको आर्थिक कारोबारलाई पारदर्शिता कायम राख्न यो कार्यक्रमको आयोजना गरेका बताउनुभएको थियो । संस्थाका सचिव पुष्पलाल तिमिलाले वार्षिक सम्पन्न भएका कार्यक्रमहरु र आगामी दिनहरुमा गर्न बाँकी कार्यक्रमहरुको बारेमा प्रस्तुति दिनुभएको थियो । कोषाध्यक्ष धर्मरत्न शाक्यले संस्थाले लिएको लक्ष्य प्राप्ती बारे आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको अनुमानित कारोबारमा शतप्रतिशत लक्ष्य प्राप्ति रहेको ७५ प्रतिशत आम्दानीको लक्ष्य हासिल गरेको जानकारी गराउनु भएको थियो । ऋण संयोजक नारायण बहादुर बासुकलाले हालसम्मको ऋण लगानी र असुलीको अवस्था बारे जानकारी गराउनु भएको थियो । संस्थाका प्रबन्धक रेश्मी श्रेष्ठले संस्थाको बारेमा क्ध्इत् ब्लबथिकष्क सहित समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रमुख सल्लाहकार बालमुकुन्द सुवालले अन्तमा निचोड प्रस्तुत गर्नुहुँदै संस्थाको प्रतिवेदनले संस्था सफल रहेको बताउनु भएको थियो । संस्थाको मुख्य कार्यालय सूर्यविनायकमा संस्थाका संचालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकारहरु, विभिन्न उपसमितिका सदस्यहरु र कर्मचारीहरुको सहभागितामा सम्पन्न गरीएको थियो । कार्यक्रममा अध्यक्ष रामप्रसाद कासुला र प्रमुख सल्लाहकार बालमुकुन्द सुवालद्धारा संस्थाको प्रगति प्रतिवेदन सहितको अर्धवार्षिक बुलेटिन बिमोचन गरीएको थियो । 
  
 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).