2025-02-05 13:34:04
बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डका श्रीमती डचेस सोफीले भक्तपुर अस्पतालको अवलोकन भ्रमण गर्नु भएको छ ।
भक्तपुर माघ २३ गते २०८१
संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डका श्रीमती डचेस सोफीले आज भक्तपुरको दुधपाटी स्थित भक्तपुर अस्पतालको अवलोकन भ्रमण गर्नु भएको छ । उहाँले भक्तपुर अस्पतालको गाईनो एवं प्रसुति वार्डको अवलोकन गर्दै प्रसुति सेवाबारे बिस्तृत रुपमा जानकारी लिनु भएको थियो भने डचेस सोफीले प्रसुति सेवामा भएको विकास र प्रबिधि एवं उपकरणकाबारेमा पनि चासो लिनु भएको थियो । उहाँवाट भक्तपुर अस्पतालले प्रदान गरेको मतृ शिशु र प्रजनन स्वास्थ्य सेवाको प्रशंसा समेत गर्नुभयो । लैैगिक हिसा र महिला स्वास्थ्य स्वयम सेविकाले निस्वार्थ रुपमा समाज काम गरेको प्रति उहाँले खुसि व्यक्त गर्नुभयो ।
बेलायत सरकारको सहयोगमा स्तरोन्तती एवं रेक्टोफिटिङ्ग गरिएको भवनको समेत अवलोकन गर्न भएको थियो । बिहान ९ः३० बजे भक्तपुर अस्पताल आउनु भएकी उहाँले एक घण्टासम्म भक्तपुर अस्पतालको सेवाबारेमा जानकारी एवं यहाँका भवन संरचनाको अवलोकन गरि १०ः३० बजे फर्किनु भएको थियो ।
उहाँलाई वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर, स्वस्थ्य सचिव डा. सुमित्रा गौतम, अस्पताल विकास समितिका अध्यक्ष शशीजंग थापा, अस्पतालका कार्यकारी निर्दशक डा. सुरेन्द्रप्रसाद भट्टले स्वागत गदै अस्पतालको सेवा र संरचनाकोबारेमा जानकारी गराउनु भएको थियो । उहाँहरुले आज विश्व सम्पदा क्षेत्र भक्तपुर दरवार क्षेत्रपनि अवलोकन गर्नु भएको थियो । 











0 Comments