2025-02-05 13:11:51
रफत सञ्चार क्लबको १५औं बार्षिकउत्सव कार्यक्रममा पत्रकारद्धय टीकाराम यात्री, अमर भुजु र डा. रविना प्रधानाङ्गलाई समान गरिएको छ ।
भक्तपुर माघ २३ गते २०८१
रफत सञ्चार क्लबको १५ औं बार्षिकउत्सव कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कार्यक्रमको उद्घाटन गर्दै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई ध्यानमा राखेर नै वर्तमान सरकार मौजुदा कानुनलाई सुधार गरेर नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न अध्यादेश ल्याएको स्पष्ट पार्नु भएका छन् । भक्तपुरको बाचामारी स्थित होटल सिटीगाउँमा मनाएको बार्षिकउत्सवमा मन्त्री गुरुङले सरकारी कर्मचारीले अध्यादेशको नाममा राजनीति नगर्न आग्रह गर्दै कर्मचारी तन्त्रलाई देश र सरकारप्रति जिम्मेवार बनाउन अध्यादेशमा विविध प्रावधान राखिएकाले अध्यादेश कसैको विरोधमा लक्षित नरहेको बताउनुभयो । 
उहाँले विभिन्न मन्त्रालय र कार्यालयहरुमा फाइल अड्काएर राख्ने प्रवृत्ति देखिएकाले सरकारले त्यस्ता ढिलासुस्ती र अनियमितता अन्त्य गर्न पनि कानुनमा सुधार गर्न पनि अध्यादेश ल्याउन परेकाले राजनीति नगर्न आग्रह गर्र्नुभयो । उहाँले भ्रष्टाचार अन्त्य गर्न, कुशासनको अवस्थालाई सदाका लागि बिदा गर्न विद्यमान कानुनमा सधार गर्नैपर्ने आवश्यकतालाई महसुस गरेर नै अध्यादेश ल्याएको र यो अध्यादेश संसदबाट नै पारित गर्ने अध्यादेशले संसदलाई छल्ने कुरा नआउने बताउनुभयो । मन्त्री सुब्बाले पत्रकारले बिभिन्न सञ्चार सञ्चारमाध्यममा जे मन लाग्यो त्यही लेख्ने र बोल्ने प्रेस स्वतन्त्रता नहुने अभिमत व्यक्त गर्नुभयो । धार्मिक, सांंस्कृतिक सहिष्णुताका हिसाबले नेपाल सुन्दर मुलुक भएको तर केही सञ्चारमाध्यमले सामाजिक सद्भाव खल्बल्याउने कार्य गरेको देखएकाले त्यस्ताको नियमन गर्न जरुरी भएकाले सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याएको पनि प्रस्ट पार्नुभयो। उहाँले नेपालमा साइबर अपराध बढेकाले पनि त्यस्ता दुष्प्रवृत्ति नियन्त्रण विधेयकको आवश्यकता परेको सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याएको बताउनुभयो। आर्टिफिसियल इन्टिलिजेन्ससम्बन्धी सुझाब माग्न गइरहेको जानकारी दिंदै उहाँले आइटीलाई र एआईलाई उद्योगको रुपमा विकास गर्न पनि ऐन, नियमको आवश्यकता परेको उल्लेख गर्नुभयो ।
रफत सञ्चार क्लबको १५ औं बार्षिकउत्सव कार्यक्रममा बिशेष अतिथि भक्तपुर क्षेत्र नं २ का नेपाली कांंग्रेसका प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले भक्तपुरलाई कर्मक्षेत्र बनाएर रफत सञ्चार क्लबले गरेको योगदानलाई प्रशंशा गर्दै प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो । सांसद थापाले देशलाई आवश्यकता परेका बेला सरकारले संवैधानिक व्यवस्था अनुरुप नै अध्यादेश जारी गर्ने गरेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा अर्का बिशेष अतिथि राष्टिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसदलाई छलेर अध्यादेश ल्याउनाले संसदको अधिकार संकुचन हनेतर्फ सरकार चनाखो नभएको गुनासो गर्नुभयो ।
उहाले सरकार लोकतन्त्र, मानव अधिकारप्रति प्रतिबद्ध रहनुपर्नेमा सरकार त्यस दिशातर्फ उन्मुख नभएको आरोप लगानुभयो । सांसद परियारले राजनीतिक दलहरु कानुन बनाउन गम्भीर रहनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरुको तर्फबाट पुरस्कृत वरिष्ठ पत्रकार टीकाराम यात्रीले रफत रञ्चार क्लब कुनै राजनीतिक दलसँग आवद्ध नभएकाले क्लवले प्रदान गर्ने पुरस्कार र सम्मान आफूले ग्रहण गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा रफत सञ्चार क्लबले स्थापना गरेको विभिन्न पुरस्कार तथा सम्मान कार्यक्रमका सस्थापक एवं संरक्षक प्रेमबहादुर थापाले देश र समाजका लागि आफ्नो जीवनकालमा योगदान पुर्याएका सुयाँल थापाका दिवंगत परिवारका सदस्यहरुको नाममा संस्था खडा गरेर विद्यमान समाजमा अमूल्य योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्दै जाने नीति लिएको जानकारी दिनुभयो ।
रफत सञ्चार क्लबको वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि मन्त्री गुरुडले प्रतिष्ठित महानुभावहरुलाई सम्मान तथा कदर पत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं मध्यपुर अस्पतालका अध्यक्ष डा. रविना प्रधानांङ्गलाई कल्पना स्मृति पुरस्कारबाट सम्मान गरिएको छ । यस्तै वरिष्ठ पत्रकार एवं दबाब साप्ताहिकका सम्पादक अमर भुजुलाई सुयाँल परिवारका कुल दीपक तथा समाजसेवी स्व. तुलबहादुर थापा एवंं रुपा थापा स्मृति कदर पत्रबाट सम्मान गरियो भने वरिष्ठ पत्रकार टीकाराम यात्रीलाई रफत रञ्चार क्लब क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा क्लबका उपाध्यक्ष राकेश श्रेष्ठले रफत सञ्चार क्लबले आगामी दिनमा सांस्कृतिक, राजनीतिक क्षेत्रमा जनजीविकाको उन्नतिका लागि थप पैरवी गर्दै जाने बताउनुभयो ।











0 Comments