हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर माघ २३ गते २०८१ 
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले संचालन गर्दै आएको रक्त संचार केन्द्रको लागि निर्माण हुनलागेको आकस्मिक रक्त संकलन कक्ष निर्माण गर्दा लाग्ने खर्चमा ७५% शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को तर्फबाट व्यहोर्ने दुई पक्ष बिच आज सौम्झौता भएको छ । उक्त कक्ष निर्माणमा लाग्ने बाँकी २५% नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले व्यहोर्ने छ । उक्त संकलन केन्द्रमा रक्तदान गर्न आउने रक्तदाताहरुको लागि रिफ्रेस्मेन्ट बापत लाग्ने खर्च पाँच हजार शुभकामना साकोसले व्यहोर्ने पनि सम्झौता पत्रमा उल्लेख गरिएकोछ ।

सम्झौता पत्रमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको तर्फबाट सभापति परशुराम पाण्डे र शुभकामना साकोसको तर्फबाट अध्यक्ष रामप्रसाद कासुलाले हस्ताक्षर गरी एक एक प्रति आदान प्रदान गरीएको छ । उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका मन्त्री धर्मराज कार्की, चाँगुनारायण न.पा २ का वडा अध्यक्ष एवं ने रे सो भक्तपुर जिल्ला शाखाका सदस्य एवं रक्त संचार केन्द्र संयोजक सोम प्रधान र शुभकामना साकोसको तर्फबाट प्रमुख सल्लाहकार बालमुकुन्द सुवाल, सचिव पुष्प लाल तिमिला, कोषाध्यक्ष धर्मरत्न शाक्य, संचालक नारायण बहादुर बासुकला र प्रबन्धक रेश्मी श्रेष्ठको उपस्थिति रहेको थियो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).