हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर माघ २३ गते २०८१
समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई ध्यानमा राखेर वर्तमान सरकार मौजुदा कानुनलाई सुधार गरेर नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न अध्यादेश ल्याएको सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङल स्पष्ट पारेका छन् । आज बुधबार भक्तपुरको बाचामारी स्थित होटल सिटी गाउँमा आयोजित रफत सञ्चार क्लबको १५ औं वाषिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री गुरुङले भनुभयो भ्रष्टाचार अन्त्य गर्न, कुशासनको अवस्थालाई सदाका लागि बिदा गर्न विद्यमान कानुनमा सधार गर्नेपर्ने आवश्यकतालाई महसुस गरेर अध्यादेश ल्याएको र यो अध्यादेश संसदबाट नै पारित गर्ने अध्यादेशले संसदलाई छल्ने कुरा नआउने बताउनुभयो । उहाँले सरकारको कर्मचारीले अध्यादेशको नाममा राजनीति नगर्न आग्रह गर्दै कर्मचारी तन्त्रलाई देश र सरकारप्रति जिम्मेवार बनाउन अध्यादेशमा विविध प्रावधान राखिएकाले अध्यादेश कसैको विरोधमा लक्ष्यित नरहेको पनि बताउँनुभयो । मन्त्री गुरुङ्गले विभिन्न मन्त्रालय र कार्यालयहरुमा फाइल अड्काएर राख्ने प्रवृत्ति देखिएकाले सरकारले त्यस्ता ढिलासुस्ती र अनियमितता अन्त्य गर्न र कानुनमा सुधार गर्न पनि अध्यादेश ल्याउनु परेकाले यसमा राजनीति नगर्न आग्रह गर्नुभयो । 
कार्यक्रममा बोल्दै उहाँले मिडियामा जे मन लाग्यो त्यही लेख्ने र बोल्ने प्रेस स्वतन्त्रता नहुने अभिमत पनि व्यक्त गर्नुभयो । धार्मिक, सांंस्कृतिक सहिष्णुताका हिसाबले नेपाल सुन्दर मुलुक भएको तर केही अन लाइन सञ्चारमाध्यमले सामाजिक सद्भाव खल्बल्याउने कार्य गरेको देखिएकाले त्यस्तोको नियमन गर्न जरुरी भएकाले सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याएको र नेपालमा साइबर अपराध बढेकाले पनि त्यस्ता दुष्प्रवृत्ति नियन्त्रण विधेयकको आवश्यकता परेको बताउँनुभयो । आर्टिफिसियल इन्टिलिजेन्ससम्बन्धी सुझाब माग्न गइरहेको जानकारी दिदै आइटीलाई र एआईलाई उद्योगको रुपमा विकास गर्न पनि ऐन नियमको आवश्यकता परेको उल्लेख गर्नुभयो । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).