2025-02-02 12:42:56
सूर्यविनायक धुलिखेल सडक आयोजना, भक्तपुरले निर्माण गर्दै गरेको साँगा सडक खण्डको निर्माण कार्यको स्थलगत निरीक्षण
भक्तपुर माघ २० गते २०८१
आज मिति २०८१ माघ २० गते आईतवार प्रमुख जिल्ला अधिकारी श्री गोपालप्रसाद अर्यालज्यूको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्री उमेश ढकाल, लगायतले सूर्यविनायक धुलिखेल सडक आयोजना, भक्तपुरले निर्माण गर्न लागेको साँगा सडक खण्डको निर्माण कार्यको स्थलगत निरीक्षण गरेको हो ।
स्थलगत निरीक्षण टोलीमा सूर्यविनायक नगरपालिकाका नगरप्रमुख श्री बासुदेव थापा, धुलिखेल नगरपालिकाका नगरप्रमुख श्री अशोक ब्यान्जु, सूर्यविनायक धुलिखेलका आयोजना प्रमुख, जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक श्री बसुन्धरा खड्का, भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक, भक्तपुर र काभ्रेपालाञ्चोकका ट्राफिक प्रहरी प्रमुख, वडा अध्यक्ष लगायत सरोकारवालाहरुको सम्मिलित टोलीद्धारा सूर्यविनायक धुलिखेल सडक आयोजना, भक्तपुरले निर्माण गर्दै गरेको साँगा सडक खण्डको निर्माण कार्य गर्दा आंशिक रुपमा यातायात अवरुद्ध गरी निर्माण कार्य गर्ने सम्बन्धमा आयोजना कार्यालयबाट अनुरोध भई आएको विषयमा सम्बन्धित सरोकारवालाहरुको टोलीले स्थलगत निरीक्षण गरेको हो ।
सो टोलीले Geo-griding प्रविधि प्रयोग गरिने खण्ड र विभिन्न खण्डको स्थलगत निरीक्षण गरी सम्बन्धित प्राविधिकहरुबाट तत्सम्बन्धी प्राविधिक पक्षमा जानकारी लिने कार्य भयो।











0 Comments