हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर माघ २० गते २०८१
ट्राफिक प्रहरी कार्यालय भक्तपुरले आइतवार भक्तपुरको दुधपाटीमा दुइपांग्रे सवारी साधन लाई वाटो मै रोकेर ट्राफिक नियम पालना सम्वन्धी सचेतना कक्षा लिएको छ । दुइपांग्रे सवारी साधन मोटरसाइकल तथा स्कुटर बढीमात्रामा दुर्घटना भएको भन्दै ट्राफिक प्रहरीले बाटोमै सवारी रोकेर सवारी चालकहरुलाई दुई मिनेटको सचेतना कक्षा दिन थालेको हो । दुईपाग्रे चालकहरुलाई सवारी चलाउदा मोवाइल फोन प्रयोग नगर्न, मापसे र लापसे गरि सवारी नचलाउन , लेन अनुसासन कायम गर्न, ट्राफिक वत्ति र इसाराको पालना गर्न तथा तिव्र गतिमा सवारी नचलाउन सचेतना कक्षा लिएर सचेत बनाएको भक्तपुर ट्राफिक प्रहरी प्रमुख इन्स्पेटर प्रदिप खत्रीले बताउनुभयो । उपत्यका ट्राफिक कार्यालयले उपत्यका भित्र विषेश गरि मोटर साइकल दुर्घटना वढी रहेको र दुर्घटनामा अंगभंग भइ ज्यानै गुमाउनुपर्ने अवस्था आएपछि सचेतना कार्यक्रम लागु गरिएकोे जनाएको छ । यो अभियान १० दिन सम्म उपत्यका भित्र विभिन्न स्थानमा संचालन गर्ने   ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).