हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

काठमाढडौं माघ १९ गते २०८१
भारतको मुम्बईस्थित MELUHA 'THE FERN होटेलमा शुक्रबार आयोजित आठौँ हस्पिटालिटी इण्डिया ट्राभल अवार्ड समारोहबाट दोश्रो पटक Outstanding Contributor to Tourism Development in Nepal काठमाडौको सोल्टि होटल परिसरमा संचालित क्यासिनो माजोङ्ग नेपालले प्राप्त गरेको छ । नेपालको पर्यटन विकासमा उत्कृष्ट योगदान गरेवापत सो अवार्डबाट क्यासिनो माजोङ्ग नेपालका अध्यक्ष तथा प्रवन्ध निर्देशक बिनोद श्रेष्ठलाई सम्मानित गरिएको आयोजकले जनाएको हो । समारोह Travel Agents Association of India (TAAI) का President तथा United Federation of Travel Agents Association (UFTAA) का Global President Mr. Sunil Kumar R., Informa Markets-India का प्रवन्ध निर्देशक तथा अवार्ड समारोह आयोजक SATTE का  प्रवन्ध निर्देशक Mr. Yogesh Mudra लगायतको मूख्य आतिथ्यतामा अवार्ड बितरण भएको आयोजकको जनाएको छ ।

समारोहमा भारत मध्य प्रदेशका संस्कृति तथा पर्यटन मन्त्रालयका प्रिन्सिपल सेक्रेटरी तथा मध्यप्रदेश पर्यटन बोर्डका प्रवन्ध निर्देशक Mr. Shri Sheo Shekhar Shukla (IAS), Sofitel Mumbai BKC का महाप्रवन्धक Mr. Bhagwan Balani, क्यासिनो माजोङ्ग नेपाल काठमाण्डौ र नेपालगञ्जका प्रवन्ध निर्देशक बिनोद श्रेष्ठ, क्यासिनो माजोङ्ग काठमाण्डौका महाप्रबन्धक अमूल्य राणा, Passionals का Co-founder, India Golf Tourism Association का President  तथा EC-TAAI का सदस्य Mr. Rajan Sehgai  का सदस्य लगायतका विशेष आतिथ्यतामा अवार्ड बितरण क्रार्यक्रम सम्पन्न भएको हो ।

क्यासिनो माजोङ्ग नेपालका अध्यक्ष तथा प्रवन्ध निर्देशक विनोद श्रेष्ठ बिगत २५ बर्ष देखि पर्यटन ब्यवसायमा आबध्द छन् । उहाँको नेतृत्वमा रहेको क्यासिनो माजोङ्गले नेपालमा बिदेशी पर्यटक बढाउन उल्लेखनीय भूमिका खेलिरहेको बताइन्छ । क्यासिनो, होटेल तथा रिजोर्टस्, ट्राभल एन्ड टुरिजम लगायतका ब्यवसायमा उहाँको लगानी रहेको छ। 
सोही अवसरमा Hospitality India Coffee Table Book पुस्तकको पनि विमोचन गरिएको थियो । पुस्तकले भारत तथा बिश्वका हस्पिटालिटी क्षेत्रलाई जोड्ने प्रकाशकको जिकिर छ ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).