हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर माघ १७ गते २०८१
भक्तपुर नगरपालिकाको रोम्वस सेकेण्डरी स्कूलले ‘आइएसओ सर्टिफिकेट’ प्राप्त गर्ने पहिलो स्कुल बनेको छ । कमलविनायक टाउन प्लानिङमा अवस्थित उक्त विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आइएसओ सटिर्फिकेट प्राप्त गरेको हो। एभरेष्ट इन्टरनेशनल म्यानेज्मेन्ट कन्सल्टेन्सी एण्ड टे«निङ एजेन्सी प्रा.लि.ले अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तरको मानकको रुपमा विद्यालयलाई आइएसओ सर्टिफिकेट दिँदै आएको कन्सल्ट्यान्सीले बुधबार रोम्वस सेकेण्डरी स्कूललाई उक्त प्रमाणपत्र हस्तान्तरण गरेको छ । भक्तपुर जिल्लामा रहेका विद्यालयहरुमध्ये रोम्वस सेकेण्डरी स्कूल भक्तपुर नगरपालिकाको पहिलो र भक्तपुर जिल्लाको दोस्रो विद्यालय रहेको संस्थाले जनाएको छ । उक्त कार्यक्रममा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आइएसओ प्राप्त गर्न सफल रोम्वस स्कुललाई बधाई दिँदै विद्यालयले शिक्षा क्षेत्रमा छोटो अवधिमै उल्लेखनीय योगदान पुर्याउन सफल भएको बताउनुभयो। उहाँले अभिभावकको ध्यान आफ्नो बालबालिकाको भविष्यप्रति हुने भएकाले विद्यालयले अभिभावकको मनोविज्ञानलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

ज्ञान र वुद्दि फरक विषय भएको उल्लेख र अहिलेका पुस्तालाई संसारसँग प्रतिस्पर्धा गर्न ज्ञानको जरुरी रहेको चर्चा गर्दै विद्यालयले प्राप्त गरेको आइएसओ सर्टिफिकेटले त्यो आवश्यकता पूरा गर्ने मार्ग प्रशस्त गरेको बताउँनुभयो ।
बालबालिकालाई संस्कारयुक्त शिक्षा, नैतिक शिक्षा, सूचना प्रविधियुक्त शिक्षा र देशभक्तिपूर्ण शिक्षा जरूरी रहेको आवश्यकता औंल्याउँदै भनुभयो विद्यालयमा विद्यालयको अनुशासन, समाजमा समाजको अनुशासन र पेशामा पेशागत अनुशासन भए शिक्षाको उद्देश्य साकार हुन्छ । नैतिकवान्, जिम्मेवार, अनुशासित नयाँ पुस्ताको जरुरीलाई पूरा गर्ने काममा रोम्वस स्कूलले पुर्याइरहेको योगदान महत्वपूर्ण छ भन्दै त्यसका लागि स्कुल परिवारलाई धन्यवाद समेत दिनुभयो ।
कार्यक्रममा कन्सल्टेन्सीका प्रवन्ध निर्देशक सैलेन्द्र खरेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरिता कोजू र संस्थापक प्रिन्सिपल डा. राजेन्द्र कोजूलाई प्रमाणपत्र हस्तान्तरण गरेको थियो । सांस्कृतिक कार्यक्रमसहित सम्पन्न कार्यक्रममा प्रिन्सिपल डा. कोजूले उक्त प्रमाणपत्रसँगै विद्यालयको शैक्षिक गुणस्तर सुनिश्चितताको आधार बनेको जनाउँनुभयो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).