2025-01-24 13:16:05
सूर्यविनायक नगरपालिकाको नव निर्मित प्रशासकीय भवन प्रधानमन्त्री ओलीले समुद्घाटन गर्दै ।
भक्तपुर माघ ११ गते २०८१
सूर्यविनायक नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन माघ १४ गते सोमवार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट समुद्घाटन हुने भएको छ ।
नगरपालिकाको वडा नं ५ कटुञ्जेस्थित श्री महेन्द्र निमाबि स्कुल भएको स्थानमा निर्माण भएको नवनिर्मित भवनको समुद्घाटनको तयारी तिब्र गतिमा भैरहेको आज प्रेसमित गरि जानकारी दिएको छ ।

बिगतमा भाडाको भवनमा साँघुरो रुपमा सेवा प्रवाह गर्न बाध्य भएको नगरपालिकाले अब आफ्नै भवनबाट सहज र सर्वसुलभरुपमा सेवाग्राहीलाई सेवा प्रवाह गर्ने नगरप्रमुख बासुदेव थापाले बताउँनुभयो । लामो समय भाडाको घरबाट हामीले दिँदै आएको सेवा अब आफ्नै नवनिर्मित प्रमुख प्रशासनिक भवनको उद्घाटनपछि यहीबाट सेवा शुभारम्भ गर्ने बताउँदै अव एउटै भवनबाट सम्पूर्ण शाखाहरु सञ्चालन हुनेछ नगरप्रमुख थापाले बताउँनुभयो। नगरपालिका घोषणा भएदेखि नै भाडामा बसेको नगरपालिका पहिला जगातीमा पछि वडा नं. ५ कटुञ्जेस्थित टंकप्रसाद आचार्य स्मृति भवनमा भाडामा बस्दै आएको छ । उक्त भवनमा पनि ठाउँ अभाव हुँदा नगरपालिकाको विभिन्न शाखा समेत भाडाकै घरबाट सञ्चालन गर्दै आएको छ । हाल सञ्चालन गर्दै आएका भवनबाट पूर्व पट्टि करिव ५० मिटर चौबाटोमा नव निर्मित नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि भ्याली र बाबुरत्न जे.भी. ललितपुरले २०७६ पुस २४ गते सम्झौता गरेको थियो । उक्त भवनको सुरूवात लागत अनुमान २९ करोड ५२ लाख ९३ हजार ३ सय ४५ रुपैया ३४ पैसा भ्याट बाहेक भएपनि ठेक्का सम्झौता रकम भने २० करोड ४१ लाख ५२ हजार ३ सय ३१ रुपैया ८९ पैसा भ्याट बाहेकको रकममा सम्झौता गरेको थियो । उक्त भवनमा नगर प्रमुख, उपप्रमुखका साथै, नगरपालिकाको अलग अलगै शाखा, बैठक कक्ष, सभा हलको व्यवस्था, सेवाग्राहीका लागि सहजरुपमा यातायातको पार्किङ लगायतको पूर्वाधारको व्यवस्था गरिएको छ । नवनिर्मित भवनमा दुई तल्ला वेशमेण्ट पार्किङमा सानो ठुलो गरि करिब ५ सय सवारी साधनहरु पार्किङ गर्ने मिल्नेछ । ८ जना क्षमताको दुई वटा लिफ्ट, ३ सय जना अट्ने सेमिनार हल, दुई वटा बैठक कक्ष, एउटा पुस्तकालय कक्ष, एउटा तालिम कक्ष, ९२ वटा कार्यालय कक्ष, अपाङ मैत्री तथा स्तनपान कक्ष समेत रहेको नगर प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । भवन निर्माण चरणमा दुई वर्ष विश्वव्यापी कोरोना महामारीको रुपमा कोभिडले लकडाउन भएकोले केही ढिलाई हुन गएको नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।
नवनिर्मित भवन कम्पाउण्ड सहित ६ रोपनी ११ आना २ पैसा ३ दाम क्षेत्रफलमा बनेको छ ।











0 Comments