हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर माघ ६ गते २०८१
शनिवार भक्तपुरको लायकु (दरवार क्षेत्र)मा भएको नेपाल भ्रमण वर्ष २०२५ को घोषणा तथा चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ कार्यक्रममा नेपाली जनताले चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्रको रुपमा लिएका भक्तपुर नगरपालिका नगर प्रमुख सुनिल प्रजापति बताउँनुभयो ।  नगर प्रमुख प्रजापतिले भनुभयो नाचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस लायकु (दरबारक्षेत्र)मा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ को घोषणा तथा चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ कार्यक्रम गर्न पाउँदा हामी अत्यन्त खुशी छौं । 
नेपाल र चीन दुई छिमेकी मित्र देशहरु हुन् भन्दै नेपाल र चीनबीचको सम्बन्ध इतिहास जत्तिकै पुरानो भएको पनि बताउँनुभयो । नेपाल—चीन दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको छ बताउँदै उहाँले भनुभयो सन् १९५५ मा नेपाल—चीनबीच दौत्य सम्बन्ध स्थापना भएको हो । यस अवसरमा नेपालको पर्यटन प्रवद्र्धन र चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ सफल पार्नु हामी सबैको जिम्मेवारी हो भनुभयो । उहाँले भ्रमण वर्ष सफल पार्न नेपाल—चीनबीच साँस्कृतिक र पर्यटकहरुको आदानप्रदानका गतिविधिहरुमा जोड दिन आवश्यक भएको बताउँनुभयो । विश्व सम्पदामा सूचिकृत यस भक्तपुर दरबार क्षेत्रमा नेपाल भ्रमण वर्षको घोषणा र साँस्कृतिक कार्यक्रम तथा ¥याली हुनु पनि त्यसैको एक सिलसिला भएको पनि बताउँनु भयो । 
नेपाल पर्यटकीय दृष्टिले अत्यन्त सम्भावना भएको देश हो । राम्रो प्रचारप्रसार नहुँदा नेपालमा पर्यटन क्षेत्रको सोचे जस्तो विकास हुन सकेको छैन । नेपालमा विश्वको सर्बोच्च शिखर सगरमाथा र अन्य उच्च हिमालय पर्वतहरु, प्राकृतिक सुन्दरता, बुद्ध जन्मभूमि लुम्बिनी र विश्व सम्पदामा सूचिकृत थुप्रै स्थनहरु छन् । पर्यटन क्षेत्रलाई नेपाल सरकारले प्राथमिकतामा राखेर कार्यक्रमहरु अगाडि बढाएको खण्डमा पर्यटन क्षेत्रबाट देशको अर्थतन्त्रमा ठूलो टेवा पु¥याउन सकिन्छ । भक्तपुर मूर्त र अमूर्त सम्पदाहरुले भरिएको नगर भएकोले यहाँ बाह«ै महिना विभिन्न साँस्कृतिक गतिविधिहरु भइरहन्छन् । यो पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको नगर हो । यहाँ वर्षेनी लाखौं विदेशी पर्यटकहरुले भ्रमण गर्ने गर्छन् । नेपाल आउने पर्यटकहरुमध्ये करिब २५ प्रतिशतले भक्तपुर भ्रमण गर्ने गरेको तथ्यांक छ । यहाँ आउने पर्यटकहरुलाई रात बिताउँने बातारण गर्नसके अझ धेरै पर्यटक भक्तपुर आउनेमा  दुईमत नहोला । यसमा स्थानीय ब्यवसायी र नगरपालिकाले बिशेष भुमिका खेल्नु पर्ने देखिएको छ । भक्तपुर भ्रमण गर्ने पर्यटकहरुहरुबाट भक्तपुर नगरपालिकाले केही प्रवेश शुल्क लिने गरेको छ । त्यसबाट जम्मा भएको रकमबाट नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइलगायत विकास निर्माणमा खर्च गर्दै आएको छ ।
    चिनियाँ पर्यटकहरु भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकहरुमध्ये संख्यामा दोस्रोमा पर्ने नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । चिनियाँ सरकारका उच्च पदस्थ पदाधिकारीहरुको नेपाल भ्रमणको सिलसिलामा भक्तपुरलाई पनि प्राथमिकतामा राखेर अवलोकन भ्रमण गर्ने गर्नुभएको छ । सरकारी उच्च पदाधिकारीहरुलाई समय समयमा स्वागत गर्न पाउँदा हामी भक्तपुरबासीहरु अत्यन्त खुशी छौं ।
चीनकै सहयोगमा बनेका भैरहवा र पोखरा विमानस्थल सुचारु हुन सके नेपालमा आउने चिनियाँ पर्यटकहरु अझ बढ्ने छ भने यसबारे नेपाल सरकार र महामहिम चिनियाँ राजदूतज्यूबाट आवश्यक पहल गरेको खण्डमा नेपाल भ्रमण वर्ष २०२५ टेवा पुग्नेछ ।
    




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).