हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

दक्षिणी छिमेकी भारतका पाहुनाहरुको काठमाडौं दौडा बाक्लिएको छ। सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवा काठमाडौं आएका छन्। काठमाडौं पुगेर उनले राजनीतिक भेटघाट पनि शुरु गरिसकेका छन्।

काठमाडौंमा उनले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटघाट गरेका छन्। द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा उनको भ्रमण भएको बालुवाटारले बताएको छ।

 

नेपाली भूमि समेटेर भारतले पहिला नक्सा जारी गर्नु र त्यसको प्रतिउत्तरमा नेपालले पनि नयाँ नक्सा संसदबाट अनुमोदन गर्दै भारतको कब्जामा रहेका नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा समेटेपछि दुई छिमेकी मुलुकबीचको सम्बन्धमा तनाव आएको थियो। गत वर्षदेखि शुरु भएको यो तनाव अझै जारी छ। तर दुबै मुलुकबाट सम्बन्ध सुधारको प्रयास भने जारी छ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).