2025-01-17 10:26:40
सुनसरीका ४५ बर्षीय लेल्का उराउको लाश भक्तपुरको मनहरा खोलामा फेला परेको छ ।
भक्तपुर माघ ४ गते २०८१
२०८१ साल माघ ४ शुकूवार दिउँसो करिव ११ः२५ बजेको समयमा भक्तपुरको मध्यपुर नगरपालिका वडा नं.१ मनहरा खोलामा एक पुरुषको लाश फेला परेको छ । बि.पी. आँखा अस्पतालको नजिक मनहरा खोलामा फेला परेको लाश सुनसरी भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ४ घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नं. २ सानोथिमि डेरा गरि बस्ने बर्ष ४५को लेल्का उराउ रहेको निजका छोरा बर्ष १८ को समिर उराउले सनाखत गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । लाश पोषमार्टमको लागि काठमाण्डौ मेडिकल कलेज दुवाकोट पठाएको छ भने घट्नाको थप अनुसन्धान भई रहेको परिसर भक्तपुरले जनाएको छ










0 Comments