2025-01-12 08:28:24
आर्थिक समृद्धिका लागि नीतिगत सुधार आवश्यक छ नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल ।
भक्तपुर पौष २८ गते २०८१
नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा भएको उक्त सभामा वहांले आर्थिक समृद्धिका लागि नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिनु भयो । भक्तपुर चेम्बर अफ कमर्सको ७ औं वार्षिक साधारण सभा तलेजु ब्याक्वेट भक्तपुरमा सम्पन्न भएको कार्यक्रमा वहांले निजी क्षेत्र सहितको सहभागितामा सरकारले उच्चस्तरीय आर्थिक आयोग गठन गरिनु प्रशंसनिय कार्य भएको चर्चा गर्नुहुदै उद्यारो असुली ऐन कार्यान्वनको शिघ्र प्रतिक्षा रहेको बताउनु भयो ।
सभाका विशिष्ट अतिथि केन्द्रका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले भक्तपुरको मौलिक हस्तकलाका उत्पादनहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न भक्तपुर चेम्बरले विशेष भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो । वहांले सार्वजनिक निजी साझेदारीको माध्यमबाट निर्यातमा बल पुग्ने खालका उद्योगहरु स्थापना गर्नु पर्ने पनि बताउनु भयो ।
सभाका अर्का विशेष अतिथि जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले आर्थिक क्षेत्रका कुनै पनि समस्याहरु आपसी सम्वाद र सहकार्यबाट समाधान गर्न सकिने बताउनु भयो । उहाँले मुलुकको विषम परिस्थितिहरुमा समेत उद्यमी व्यवसायीलाई हतोत्साही हुन नदिई व्यवसायमा टिकाईराख्न व्यवसायिक संघसंस्थाहरुले खेल्दै आएको भूमिका प्रशंसनिय रहेको बताउनु भयो ।
सभामा भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य रोशन भोयद्योले नेपाल भरिका जिल्ला नगर चेम्बरहरुमा भक्तपुर चेम्बर अफ कमर्सले उत्कृष्ट गतिविधिहरु सञ्चालन गर्दै आएको बताउनु भयो ।
यस्तै संस्थाका अध्यक्ष कविदास श्रेष्ठको सभापतित्वमा भएको साधारण सभामा संस्थाका उपाध्यक्ष जगत बहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो । यसै गरी बन्द सत्रमा संस्थाका महासचिव ज्ञानेन्द्र मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष सुरेन्द्र जाकिबन्जारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।











0 Comments