2025-01-11 07:54:37
भक्तपुरमा एचआइभी सङ्क्रमित र लागूपदार्थ दुर्व्यसनीको स्थानीय तहले आवश्यक जिम्मेवारी बहन नगर्दा समस्या झन् जटिल बन्दै
भक्तपुर पौष २७ गते २०८१
भक्तपुर जिल्लाका चार वटा नगरपालिकाले एचआइभी सङ्क्रमित र लागूपदार्थ दुर्व्यसनीको उपचार, पुनः स्थापना, र जीविकोपार्जनमा आवश्यक पहल नगरेको भन्दै सरोकारवाला निकायहरूले गुनासो गरेका छन्। चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्रले आयोजना गरेको सामाजिक लेखाजोखा कार्यक्रममा सरोकारवालाहरूले स्थानीय तहले आवश्यक जिम्मेवारी बहन नगर्दा समस्या झन् जटिल बन्दै गएको बताएका हुन् । कार्यक्रममा जिल्ला समन्वय समिति (जिसस) भक्तपुरका प्रमुख ईश्वर थापाले सामाजिक तथा मानवीय क्षेत्रमा काम गरौँ भन्दा भक्तपुरका मेयरहरूले पर्याप्त सहयोग नगरेको आरोप लगाएको छ। प्रमुख थापाले भक्तपुरका चार नगरपालिकाका मेयरहरूले समन्वय बैठक बस्ने वाचा गरे पनि कहिल्यै कार्यान्वयन नगरेको उल्लेख गर्नुभयो । उहाँले भनुभयो मुखले सबै जना सहयोग गर्न तयार हुँ भन्नुहुन्छ, तर व्यवहारमा चार जना मेयर चार मुख गर्नुहुन्छ । कुनै नगरपालिका त पूर्ण रूपमा असहयोगी बनेका छन्।ू चाँगुनारायण र मध्यपुर थिमि नगरपालिकाबाट थोरै समन्वय भए पनि सूर्यविनायक र भक्तपुर नगरपालिकाबाट कुनै सहयोग नआएको प्रमुख थापाको गुनासो छ । आफ्नै पार्टीका मेयर भएको सूर्यविनायक नगरपालिकाले समेत समन्वय नगर्दा थापा असन्तुष्ट देखिएका छन् । विद्यालय स्तरदेखि जनचेतना फैलाउन र फार्मेसीहरूबाट लागु औषधको अवैध बिक्रीमा कडाइ गर्नुपर्ने आवश्यकता औँल्याउँदै । प्रमुख थापाले आगामी दिनमा नगरपालिकाहरूलाई समन्वयमा ल्याएर एकीकृत प्रयास गर्ने वचन दिनुभयो। उहाँले भनुभयो अब यस क्षेत्रमा सहकार्य र समन्वयको नेतृत्व जिससले गर्नेछ, ।
 (1)_1736582020.jpg)
कार्यक्रमका वक्ताहरूले एचआइभी सङ्क्रमितहरू सामाजिक लाञ्छना र भेदभावका कारण खुलेर उपचार गर्न नसकेको बताए थिए । भक्तपुरका ६० प्रतिशतभन्दा बढी सङ्क्रमितले जिल्लाबाहिर गएर औषधि सेवन गर्नुपरेको छ। सुरुवात सामुदायिक केन्द्रका कार्यकारी निर्देशक राजेश दिदियाले नगरपालिकाहरूको उदासीनताका कारण एचआइभी सङ्क्रमितहरूको जीवनस्तर सुधार हुन नसकेको बताएका थिए। नगरपालिकामा अर्बौँको बजेट हुँदा पनि सामाजिक क्षेत्रमा किन कुनै बजेट छुट्टाएको छैन भनेर पनि प्रश्न गरेका थियो।
भक्तपुर अस्पतालस्थित एआरटी सेन्टरका अनुसार १५० भन्दा बढी सङ्क्रमितले औषधि पाइरहे पनि उनीहरूको आर्थिक अवस्थाले पोषणयुक्त आहार तथा जीवनस्तर सुधार्न समस्या भइरहेको छ। काउन्सिलर सृष्टि अर्यालका अनुसार औषधिले मात्र काम गर्दैन सङ्क्रमितहरूको प्रतिरोधी क्षमता बढाउन पोषण आवश्यक छ भनुभयो। नगरपालिकाले पोषण र जीविकोपार्जनमा सहयोग गर्नुपर्छ। एचआइभी सङ्क्रमणलाई केवल स्वास्थ्य समस्या नभई सामाजिक चुनौतीका रूपमा लिएर समाधान गर्नुपर्ने कार्यक्रमका वक्ताहरूले बताए । भक्तपुरमा सामाजिक समस्या समाधानका लागि स्थानीय तहहरूको भूमिकामा सुधार आवश्यक देखिएको छ। एचआइभी दुर्व्यसनीहरूको जीवनस्तर सुधार्न सबै तहबाट सहकार्य र समन्वय अपरिहार्य रहेको सरोकारवालाहरूको भनाईछ ।











0 Comments