2025-01-11 07:08:09
भनपाले कुल बजेटको २९.२९ प्रतिशत खर्च गरेको छ भने चानपाले १६.३७ प्रतिशतमात्र बजेट खर्च गरेको छ ।
भक्तपुर पौष २७ गते २०८१
भक्तपुर नगरपालिकाको १७ औं नगरसभामा नगरप्रमुख सुनिल प्रजापतिले कुल विनियोजित बजेट २ अर्ब ६६ करोड ४३ लाख १० हजार रुपैयामध्ये यस आर्थिक बर्षको छ महिनामा जम्मा खर्च ७८ करोड ६ लाख भएको बताउनुभएको छ । नगरपालिकाले चालु आर्थिक बर्षको छ महिनामा कुल बजेटको २९ डशमलभ २९ प्रतिशत खर्च गरेको हो । यस आर्थिक बर्षमा चालु खर्च शीर्षकमा १ अर्ब ५७ करोड ३ लाख रुपैया विनियोजन गरिएकोमा २०८१ पुस २४ गतेसम्म ५५ करोड २५ लाख खर्च भई विनियोजित बजेटको ३५।१८ प्रतिशत खर्च भएको जनाएको छ भने पुँजिगत खर्चतर्फ ९९ करोड ४० लाख रुपैया विनियोजन भएकोमा सोही अवधिमा २० करोड ३७ लाख रुपैया खर्च भएको जनाएको छ । जुन विनियोजित बजेटको २० डशमलभ ४९ प्रतिशत हो । 
त्यस्तै चाँगुनारायण नगरपालिकाको १६ औं अधिवेशन पनि शुरु भएको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०८१र८२ को हालसम्ममा कूल बजेटको १६।३७ प्रतिशतमात्र बजेट खर्च गरेको छ । अधिवेशनमा नगर प्रमुख जीवन खत्रीले चालू आर्थिक वर्षको दुई महिना बर्खा, लगत्तै चाडपर्व जस्ता कारणले आर्थिक वर्षको हालसम्ममा लक्ष्य अनुरुप प्रगति हासिल गर्न नसकेको जानकारी दिनुभयो। बाँकी ७ महिनालाई लक्ष्य हासिल गर्ने उद्देश्यअनुरुप कार्यक्रम अगाडि बढाउने तय भएको नगर प्रमुख खत्रीले बताउनुभयो । नगरपालिकाको चालू आर्थिक वर्षको कूल बजेट २ अर्ब १२ करोड ३० लाख ९३ हजार ६ सय रुपैयाँ रहेकोमा हालसम्ममा ३४ करोड ७७ लाख ३० हजार रुपैयाँ खर्च भएको उपप्रमुख रमेश बुढाथोकीले जानकारी दिनुभयो। नगरपालिकाको चालू खर्चतर्फ ९३ करोड ७६ लाख २१ हजार ५ सय रुपैयाँ विनियोजित भएकोमा हालसम्म ७ करोड १६ लाख ५५ हजार ३ सय रुपैयाँ र पूँजीगततर्फ १ अर्ब १८ करोड ५४ लाख ७२ हजार रुपैयाँ विनोयोजित ७ करोड ६० लाख ७५ हजार ५ सय रुपैयाँ खर्च भएको छ










0 Comments