2025-01-08 06:43:26
पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २८ औं स्थापना दिवस यसरी मनाए
भक्तपुर, पुष २४ गते २०८१
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले दिप प्रज्वलन गरि पुष २३ गते मंगलवार मनाएको छ । भक्तपुर नपा वडा नं. ४ गपली स्थित पार्टी भेन्युको सथाहलमा २८ वटा दियो (घेरुवा) २ र ८ अठ्ठाईस लेखेर प्रमुख अतिथि लगाएत अतिथिहरुबाट दिप प्रज्वलन गरि मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नकारात्मक दृष्टिकोणबाट मात्र समाचार नलेख्न पत्रकारहरुलाई सुझाव दिनुभएको छ । सांसद थापाले पत्रकारहरुले समाजलाई सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउँदैं नकारात्मक समाचार मात्र नदिनु भनुभएको हो ।
उहाँले सकारात्मक समाचार बनाउन पत्रकारले कन्जुस्याई गर्दा देशमा असन्तुष्टि बढेको गुनासो समेत गर्नुभयो । उहाँले शिलान्यास भएर पनि पत्रकार महासंघको भवन निर्माण नहुनु दुःखद भएको बताउँदैं भवन निर्माणका लागि व्यक्तिगत रुपमा ५० हजार आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । महासंघ जिल्ला शाखा स्थापनामा जोडिएको नाताले महासंघको सधैं माया लाग्ने गरेको पनि माननीय थापाले बताउनुभयो । महासंघ सबै पत्रकारको साझा केन्द्र हुनुपर्नेमा जोड दिंदै उहाँले नेतृत्व चयन संगै प्रतिस्पर्धा बिर्सिएर एकतावद्ध भै अघि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा शाखाका अग्रज पत्रकार एवं देशान्तर साप्ताहिकका सम्पादक कविर राणाले लोकतन्त्रसँग प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग पनि जोडिएर आउने भएकाले महासंघ सधैं लोकतन्त्रको पक्षमा हुनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी नेपाल पत्रकार महासंघ उपत्यका समितिका अध्यक्ष टेनिस रोकाले विगतमा भक्तपुर शाखाका निवर्तनमान अध्यक्ष जगत कृष्ण प्रजापतिले वैधानिकता गुमाउने संघारमा पुगेको महासंघको रक्षा गर्न र पत्रकारका श्रमजिवि र साना लगानीका पत्रपत्रिकाको पक्षमा नेतृत्वदायी भूमिका खेलेको स्मरण गराउनुभयो ।
नवनिर्वाचित तथा कार्यक्रमका सभाध्यक्ष सुन्दर शिल्पकारले नवनिर्वाचित कार्यसमितिमा सबै सक्षम र जुझारु पत्रकारहरुलाई छानेर निवाचित गराउन सहयोग गर्ने सबै पत्रकारहरुलाई कार्यसमितिको तर्फबाट धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाण्डौं अध्यक्ष शोभा अर्याल, ललितपुर अध्यक्ष रामहरि कार्की, नेपाल प्रेस युनियन भक्तपुर अध्यक्ष रोशन सिल्पकार, प्रेस सेन्टर नेपालका अध्यक्ष मदन ढुंगाना, प्रेस चौतारी नेपालका उपाध्यक्ष ऋषिकेश श्रेष्ठ, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष दिनेश कार्की, जनपत्रकार संगठनका पुष्पाकुमारी साउद, अग्रज पत्रकार प्रा. डा. जगत नेपाल लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कोषाध्यक्ष संजीप घिमिरे शुभचिन्तक, शाखाका सल्लाहकार एवम् पुर्वअध्यक्षद्वय जगतकृष्ण प्रजापति र पुस्करराज बुढाथोकी, पूर्व अध्यक्षहरु नारायण सुन्दर किलम्बू र अमर भुजू लगायतको सहभागिता रहेको थियो ।

पत्रकार रमेश खड्का संस्थापक अध्यक्ष भएर २०५४ सालमा स्थापना गरिएको भक्तपुर शाखा त्यसयता विकल प्रसाद श्रेष्ठ, नारायणसुन्दर किलम्बु, अमर भुजू, पुष्कर बुढाथोकी र जगत प्रजापति हुँदै हाल सुन्दर शिल्पकारको नेतृत्व रहेको छ ।
विगतमा स्थापना दिवसका दिन शाखाले पत्रकारलाई विभिन्न पुरस्कार प्रदान गर्ने गरेको भएपनि यसपटक नयाँ नेतृत्व पदस्थापन भएको एक साता मात्रै भएको कारण सो कार्य गर्न भने नसकिएको सचिव दिपक ढुङ्गानाले जानकारी दिनुभयो ।











0 Comments