हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर पौष ९ गते २०८१
भक्तपुरको बालकोटमा बाबु र भाई मारेर घटनापछि फरार रहेका मिलन आचार्य मंगलवार आफैँ प्रहरीमा उपस्थित भएका छन् । आचार्य मंगलबार बिहान प्रहरी वृत्त महाराजगन्जमा उपस्थित भएका हुन् । खोटाङ घर भएका ५६ कर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्र्षीय छोरा प्रवीण बालकोटस्थित डेरामा मृत अवस्थामा भेटिएकामा कुलप्रसादका जेठा छोरा मिलन भने सम्पर्कविहीन थिए । मिलन आइतबार बिहान ३ बजे स्कुटरमा डेराबाट निस्किएको अनुसन्धानमा खुलेको थियो । अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनीमाथि सोधपुछ गरिरहेको छ । मृतक कुलप्रसाद आचार्य जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख हुन् कार्यालयकै कामले ५ दिनअघि काठमाडौं आएर छोराको डेरामा बसेका थिए । शनिबार बेलुका तीनैजना डेरामा रहेको सो घरमा बस्ने अरु डेरावालाले बताएका छन् ।
महानगरिय प्रहरी परिसर भक्तपुरका अनुसार छोराको शव किचनमा र बुबाको अर्को कोठामा भेटिएको जनाएको छ । किचनको सिलौटोमा कपाल र रगत छ । हत्यामा डम्बबेलको समेत प्रयोग भएको आशंका प्रहरीले गरेको छ । मिलन स्नातकसम्मको पढाइ पूरा गरी लोकसेवा आयोगको तयारीमा थिए भने कान्छा छोरा प्रवीण भिएस निकेतन कलेजमा बिएस्सी दोस्रो तहमा अध्ययनरत थिए । खोटाङका निमित्त कार्यालय प्रमुखमा कार्यरत कुलप्रसादले छोराहरूलाई पढाउन भक्तपुर बालकोटमा राखेका थिए । प्रहरीले सोमबार दिउँसो शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगेको थियो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).