हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर पौष ७ गते २०८१
सुर्यविनायक नगरपालिका वडा ९ मा अवस्थित मदरल्याण्ड स्कुलको विशेष प्रस्तुति मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । करिब २१ दिनको विशेष प्रशिक्षण पश्चात पौष ५ गते शुक्रबार साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा भएको फाइनल प्रतियोगितामा जुनियर तर्फ जेशिका श्रेष्ठ मिस लिटिल स्टार मदरल्याण्ड २०८१ घोषित भईन भने मास्टर लिटिल स्टार मदरल्याण्ड २०८१ न्यूरोन लोहला भएका छन् । साथै सिनीयर तर्फ ह्रृदायणी सिलवाल मिस लिटिल स्टार मदरल्याण्ड २०८१ र अप्रेश आलेमगर मास्टर लिटिल स्टार मदरल्याण्ड २०८१ भइ विजेता भएका छन् । 

यसैगरी जुनियर छात्रतर्फ फष्ट रनरअप सविन श्रेष्ठ, सेकेण्ड रनरअप रियान लामा र थर्ड रनरअफ अभिषेक थापा भएका छन् । जुनियर छात्रातर्फ दिपिका कार्की फष्ट रनरअप, अक्षा श्रेष्ठ सेकेण्ड रनरअप, श्रीयम्शी श्रेष्ठ थर्ड रनरअप भएका छन् । साथै सिनीयर ग्रुप छात्र तर्फ फस्ट रनरअप रसिक लवजू, सेकेण्ड रनरअप सामुयल खड्का र थर्ड रनरअप जेशन बराल भएका छन् । सिनीयर ग्रुप छात्रा तर्फ रष्मी राई फस्ट रनरअप, समृद्धि थापा सेकेण्ड रनरअप र थर्ड रनरअप प्रसादी वस्नेत भएका छन् । ट्यालेन्ट राउन्डका विजेता सहित सबै प्रतिस्पर्धीलाई विविन्न सव टाइटलद्वारा सम्मान गरिएको थियो । 

कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि सुर्यविनायक नगरपालिकाको मेयर वासुदेव थापाले विद्यार्थीमा निहित विविध प्रतिभालाई प्रतिस्पर्धामा उतार्नु प्रशंसणीय भएको बताउनुभयो । मेयर थापाले विद्यार्थीहरुको आत्मबल र आत्मविश्वास बढाउन पनि पठनपाठनसँगै यस्ता खालका कार्यक्रम आयोजना गरेकोमा विद्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका वडा नं २ का वडाध्यक्ष प्रदिप कार्की, नेसनल प्याव्सन बागमति प्रदेश सहकोषाध्यक्ष साधुराम गैडा, नेसनल प्याव्सन काठमाण्डौं जिल्ला समिति अध्यक्ष अमृत खड्का, उपाध्यक्ष प्रेम भुजेल, नेसनल प्याव्सन भक्तपुर जिल्ला कोषाध्यक्ष विक्रम थापा, मिड भ्याली कलेज भक्तपुरका प्रिन्सिपल गोविन्द बल्ल जोशी, पुस्तक व्यवसायी भक्तपुर जिल्ला उपाध्यक्ष महेश थापा, सलिको ईन्सोरेन्सका बिएम रुपेन्द्र थापा, हिमाल एकेडेमीका प्रिन्सिपल प्रदीप थापा तथा शिक्षासँग सरोकार राख्ने विज्ञ, विभिन्न मिडियाका पत्रकार र अभिभावकहरुको सहभागिता रहेको थियो ।

अब्बल एवं अनुभवी सुमी बानियाको कोरियोग्रीफी एवं प्रशिक्षण रहेको उक्त फाइनल कार्यक्रम रोजिन शाक्यले संचालन गर्नु भएको थियो । ग्रान्ड फिनालेको निर्णायकमा नेसनल प्याव्सन भक्तपुरका सचिव एवं संगित प्रेमी कुमार थापा मगर, केयू यूनिभर्सिटीका भिजिटिगं फेकल्टी लेक्चरर एवं मोडर्न कलेजकी एकेडेमिक डाइरेक्टर शसी कायस्थ कस्पाल, मोडर्न हण्ट २०२३ का वीनर द्वय रोनिश खड्गी र आयुष्मा पौड्याल रहेका थिए । साथै ट्यालेन्ट राउन्डको निर्णायकमा भिज्युअल आर्टिस्ट तथा क्रियटिभ राइटर ईन्द्र श्रेष्ठ, नृत्य निर्देशक संघ काभ्रेका अध्यक्ष अमर कृष्ण चन्द, संगित प्रशिक्षक सुनिल कपाली र मदरल्याण्ड स्कुलका सहप्रिन्सिपल राधेश्याम केसी रहेका थिए । 

साथै छात्र र छात्रा तर्फको वीनरलाई ६ महिना, फस्ट रनरअपलाई ३ महिना, सेकेण्ड रनरअपलाई २ महिना, थर्ड रनरअपलाई १ महिनाको मासिक शुल्कमा छात्रवृत्ति प्रदान गरिएको जानकारी विद्यालयकी संचालक शर्मिला देउजाले दिनु भयो । उक्त प्रतियोगितामा ८,९ र १० वर्षको जुनियर ग्रुप र ११,१२ र १३ वर्षको सिनीयर ग्रुप गरी २६ छात्रा र २६ छात्र जम्मा ५२ जनाले प्रतिस्पर्धा गरेको स्कुलका प्रिन्सिपल सञ्जय खड्काले जानकारी दिदै कार्यक्रमको सपोर्टर मिड भ्याली कलेज भक्तपुर, सलिको ईन्सोरेन्स, सत्यशक्ति पुस्तक भण्डार र वल्डट्रेक्स फेब्रिक हाउस, डोलेश्वर भिलेज रिसोर्ट, ड्रेस डिजाइन वीणा टेलर्स जगाति, बद्री फोटोग्राफर बद्री थापा र भिडियो ग्राफर सुमन खत्री, एरी व्यूटी प्वाइन्ट ग्रीष्मा शाक्य तथा सबै मिडिया पार्टनरलाई धन्यवाद दिनु भएको थियो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).