2024-12-04 10:05:21
भक्तपुर नगरपालिकाद्धारा आयोजित भक्तपुर महोत्सव–२०८१मा महेश्वरी खेल मैदानमा व्यापार मेला ।
भक्तपुरमा मंसिर १९ गते २०८१
भक्तपुर युवा टिमद्धारा आज गरिएको पत्रकार सम्मलेलनमा प्रेस बिज्ञप्तीमा यस्तो लेखिएको छ । मित्रता, अनुशासन र स्वास्थको लागि खेलकुद भन्ने नाराका साथ वि.स. २०५० सालमा स्थापना भएको भक्तपुर युवा टीमले विभिन्न समयमा विविध खेलकुदहरुको आयोजना गर्नुका साथै विभिन्न क्षेत्रमा हुने खेल प्रतियोगिताहरुमा खेलाडीहरूलाई सहभागी गराएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, अम्पायर, रेफ्री उत्पादन गर्न सफल भएको व्यहोरा सर्वविदितै रहेको भक्तपुर युवा टिमले आज गरेको पत्रकार सम्मेलनमा जनाएको छ ।
युवा टीमले सामुदायिक तथा अन्य गतिविधिलाई पनि अगाडि बढाउनुपर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको आयोजनामा यही मिति २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने महोत्सव २०८१ अन्तर्गत भक्तपुर नगरपालिकाको वडा नं. ७ स्थित महेश्वरी खेल मैदानमा वृहत व्यापार मेलाको व्यवस्थापन टीमको संयोजनमा हुने जानकारी पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिकाको आयोजनामा हुने भक्तपुर महोत्सव–२०८१ को प्रचारप्रसार विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जालका साथै अन्य विभिन्न माध्यमबाट भइरहेको छ । महोत्सवलाई भव्यताका साथ सफल पार्नु हामी सबैको साझा दायित्व हो । महोत्सवमा भक्तपुर नगरभित्रका मुख्य ३२ स्थानमा विभिन्न सांस्कृतिक, शैक्षिक, खेलकुद एवम् व्यापार मेला प्रर्दशनी हुनेछ । त्यसमध्ये भक्तपुर नगरपालिका वडा ७ महेश्वरी खेल मैदानमा हुने व्यापार मेला पनि एक हो । जसको व्यवस्थापन भक्तपुर युवा टीमले गर्दैछ । व्यापार मेलाका लागि टीमका साथीहरु तयारीमा जुटेका छन् । व्यापार मेलामा सयभन्दा बढी स्टल बनाउने काम सुरू भइसकेको छ । व्यवसायीहरूले ८० प्रतिशत भन्दाबढी स्टलहरु बुकिङ्ग गरिसकेका छ । व्यापार मेलामा दैनिक जीवनमा आवश्यक उपभोग्य सामाग्रीहरू एवम् विभिन्न प्रकारका लत्ताकपडाहरू, खाद्यान्न, अटोमोबाइल, विभिन्न कम्पनीका जुत्ताहरू, कृषि तथा हस्तकलाका सामाग्रीहरू प्रदर्शन हुनुका साथै पर्यटकीय सामाग्रीसमेत विक्री वितरणमा रहनेछन् । हामीलाई विश्वास छ व्यापार मेलामा विक्री हुने वस्तुहरु अन्य ठाउँमा भन्दा सहुलियत दरमा पाउने छन् । व्यापार मेलाको अर्को आर्कषण महोत्सवमा बालउद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, मिकीमाउस, ट्रेम्पालिङ, स्करपियो आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूबाट सांस्कृतिक नाच एवम् संगीतहरु प्रदर्शनी हुनेछ । राष्ट्रिय स्तरका लोकप्रिय कलाकारहरुबाट देशभक्ति पूर्ण, प्रगतिशील एवम् अन्य गीतहरुद्धारा व्यापार मेलामा पाल्नुहुने मानुभावहरुलाई रोमाञ्चित तुल्याउने छन् । भक्तपुर महोत्सव २०८१ साल मंसिर २८ गतेदेखि शुरू हुने र पुस २ गते सम्पन्न हुनेछ भने यस व्यापार मेला नगरबासीहरुको चाहना भएमा पुस ६ गतेसम्म संचालन हुनेछ । महोत्सवमा उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेलगायत विभिन्न जिल्लाका हजारौं जनताले अवलोकनका साथै फाइदा लिने विश्वास लिएका छौं । तसर्थ व्यापार मेला तथा भक्तपुर महोत्सवको समाचार तपाईको लोकप्रिय सञ्चारमाध्यमबाट सम्प्रेषण गरी महोत्सवको बारेमा आम नागरिकहरूलाई जानकारी गराइदिन हुन सम्पूर्ण मित्रहरूलाई अनुरोध गर्दछौं प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ।











0 Comments