2024-07-31 06:19:33
भक्तपुरमा हनुमन्ते र खासांखुसीले दयाँबायाँ करिव १०० मिटरको क्षेत्र दुवानमा ।
भक्तपुर श्रावण १६ गते २०८१
मंगलवार रातभरि परेको पानीले भक्तपुरको हनुमन्ते र खासांखुसीको दायाँबायाँ करिव १०० मिटर क्षेत्र दुवानमा परेको छ । दुवानको कारण बिहान करिव नौ बजेसम्म पुलबाट वारपार गर्न कठिनाई भएको थियो । खोलाको बहाव करिव २५,३० बर्ष पछि यतिको बाढी आएको स्थानीयहरु बताउँछन् । मंगल तिर्थ, राम मन्दिर, चुपिंघाट, हनुमान घाट, महेश्वरी घाटसँगै खेल मैदान क्षेत्र दुवानमा परेको छ । दुवानमा खोला छेउमा रहेका मठ मन्दिर पाठी पौवा, सतलहरुमा पानी बहाव छानासम्म छोएको छ भने दायाँबायाँमा धान खेत र तरकारी बारीहरु पुरै पानीमा दुबेको छ । धानखेत तरकारी बारीमा बाढीले ल्याएको पाँगो माटीले पुरिएको छ ।










0 Comments