2024-07-25 06:18:13
भक्तपुर डेकोचामा बसले ठक्कर दिदा अन्दाजी बर्ष ४५को एक जना पुरुषको मृत्यु ।
भक्तपुर श्रावण १० गते २०८१
२०८१ श्रावन ८ गते ब्यासीबाट कमलविनायक तर्फ जाँदै गरेको बा ३ ख ५०८० नं.को बसले भक्तपुर नगरपालिका वडा नं. ६ डेकोचामा ठक्कर दिदा एक जना पुरुषको मृत्यु भएको छ । हालसम्म एकिन नामथर, वतन नखुलेको अन्दाजी ४५ बर्षको एक पुरुष व्यक्तिलाई अचानक ठक्कर दिदा गम्भिर घाईते भई तत्काल उपचारको लागि भक्तपुर अस्पताल लगिएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घाईते ब्यक्ति उपचारको क्रममा ऐ. मितिको २१ः४५ बजेको समयमा मृत्यु भएको र लास हाल भक्तपुर अस्पताल मै रहेको परिसर भक्तपुरले जनाएको छ । ठक्कर दिने बस र बस चालक मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं. १० घर मई हाल भक्तपुर आदर्श बस्ने बर्ष ४५को अहमद हुसेनलाई प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा राखी घट्नाको थप अनुसन्धान कार्य भईरहेको परिसर भक्तपुरले जनाएको छ ।











0 Comments